settings icon
share icon
प्रश्न

के हामीले स्वर्गमा हाम्रो मित्रहरु र परिवारको सदस्यहरुलाई देख्न र जान्नको लागि योग्य हुनेछौं?

उत्तर


धेरै मानिसहरुले यसो भन्छन कि पहिलो पलट जब ऊ स्वर्गमा पुग्नेछ तब उनीहरु आफ्नो मित्रहरु र प्रियाहरुलाई हेर्न चाहाना गर्छन जो उनीहरु भन्दा पहिला मरेका थिए। अनन्तकालमा, आफ्नो मित्रहरु र परिवारको सदस्यहरुलाई हेर्ने, जान्ने र समय व्यतीत गर्नको लागि धेरै समय हुनेछ। जब कि, यो स्वर्गमा हाम्रो प्राथमिक ध्यान आकर्षणको कुरा हुने छैन। हामी परमेश्वरको आरधना गर्न र स्वर्गको आश्चर्यको आनन्द लिनमा नै अधिक धेरै व्यस्त हुनेछौ। हाम्रो प्रियहरुको साथमा हाम्रो भेटघाट हाम्रो जीवनहरुमा परमेश्वरको महिमा र अनुग्रह, उहाँको आश्चार्यजनक प्रेम र सामर्थको कामहरुलाई पुन: स्मरणसँग भरिएको हुनेछ। हामीहरुले धेरै नै आनन्द गर्नेछौ किनकी हामीले प्रभुको स्तुति र अराधना अन्य विश्वासीहरुको साथमा भएर संगति गर्नेछौ, विशेष गरी उनीहरुको साथमा जसलाई हामीले यस पृथ्वीमा प्रेम गर्द थियौ।

बाइबलले यसको बारे के भन्छ के हामी यो जीवन पश्चात् मानिसहरुलाई चिन्ने योग्यका हुन्छौ वा हुदैनौ? राजा शाऊलले शमूएललाई चिने जब एन्देरको एउटा भूत सिद्धि गर्ने स्त्रीले शमूएललाई मृतहरुको लोक बाट बोलाइन (1 शमूएल 28:8-17)। जब दाऊदको शिशु बच्चा मर्यो, तब दाऊदले यो घोषणा गरे, "म त्यसकहाँ जानेछु, तर त्यो मकहाँ फर्की आउने छैन" (2 शमूएल 12:23)। दाऊदले यो कल्पना गरे कि उनि आफ्नो बच्चालाई स्वर्गमा चिन्ने योग्यका हुनेछन्, यो सत्यताको बदली कि ऊ एउटा शिशुको रूपमा मरेको थियो। लूका 16:19-31 मा, अब्राहम, लाजरस र धनी मानिस सबैले मृत्यु पश्चात् एक अर्कालाई चिने। रूपान्तरणको पहाड़मा, मोशा र एलियालाई चिनिएको थियो (मत्ती 17:3-4)। यिनी उदाहरणहरुमा, बाइबलले यस्तो संकेत दिएको देखा पर्छ कि हामी मृत्यु पश्चात् चिनिन सक्छौ।

बाइबलले यो घोषणा गर्छ कि जब हामी स्वर्गमा पुग्ने छौ, तब हामी "[येशू] को जस्तै हुनेछौं; किनकी हामीले उहाँलाई, उहाँ जस्तो हुनुहुन्छ त्यस्तै नै गरि हेर्ने छौँ (1 यूहन्ना 3:2)। ठीक त्यसै गरी जसरी हाम्रो पार्थिव शरीर पहिलो मानिस आदम बाट आएको हो, हाम्रो बौरी उठेको शरीर ख्रीष्टको जस्तो हुनेछ (1 कोरिन्थी 15:47)। "जसरी हामीले माटोका मानिसको रुप धारण गरेका छौँ, त्यसरी नै स्वर्गका मानिसहरुको रूप धारण गर्ने छौँ। किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नु पर्छ (1 कोरिन्थी 15:49, 53)। धेरै मानिसले येशूलाई उहाँको बौरी उठाई पश्चात् चिनेका थिए (यूहन्ना 20:16, 20; 21:12; 1 कोरिन्थी15:4-7)। यदि येशूलाई आफ्नो महिमामयी देहमा चिनेको थिए, तब हामी पनि आफ्नो महिमामयी देहहरुमा चिनिने छौ। हाम्रो प्रिय मानिसहरुलाई हेर्नको योग्य हुन स्वर्गको एउटा महिमामयी पक्ष हो, तर स्वर्ग परमेश्वरको बारेमा धेरै, र हाम्रो बारेमा धेरै कम हो। हाम्रो प्रियहरुसँग पुन: भेट-घाट गर्न र उनीहरुको साथमा परमेश्वरको अराधना अनन्तकाल सम्म गर्न कति धेरै आनन्दको विषय हुनेछ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के हामीले स्वर्गमा हाम्रो मित्रहरु र परिवारको सदस्यहरुलाई देख्न र जान्नको लागि योग्य हुनेछौं?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries