प्रश्न
ख्रीष्टियनलाई ऋणमा जानुको बारेमा बाइबलले के भन्छ?
उत्तर
पावलले हामीलाई रोमी 1:8 मा चेतावनी दिन्छन कि प्रेमलाई छोड़र कुनै पनि कुरामा कसैको पनि कर्ज़दार अर्थात् ऋणी न हुनु जसले यो कुरालाई शक्तिशाली रूपले स्मरण दिलाउद छ कि परमेश्वर सबै किसिमको ऋणमा अरुचि राख्नु हुन्छ जुन कि समयबद्ध तरिकाले तिर्न सकिदैन (भजन संग्रह 37:21 लाई पनि हेर्नु होस्)। ठीक त्यसै समय, बाइबलले स्पष्ट रूपले सबै किसिमको कर्जा वा ऋणको विरूद्धमा कुनै आदेश दिदैन। बाइबलले हामीलाई ऋणको विरूद्ध चेतावनी दिन्छ, र उत्साहित गर्दछ कि हामी ऋणमा नपर्ने गुणलाई प्राप्त गरौँ, तर यसले ऋण नलिनु देखि पनि इन्कार गर्दैन। बाइबलसँग ऋण दिने अर्थात् देनदारहरुको लागि कठोर निन्दाको शब्द छ, जसले त्यी मानिसहरुको दुरूपयोग गर्दछ, जसले उनीहरु बाट ऋण लिएका छन, तर यसले कर्जदारहरुको निन्दा गर्दैन।
केहि मानिस ऋणको माथि ब्याज लिने सम्बन्धमा प्रश्न गर्छन, तर बाइबलमा असँख्या पटक हामी देख्दछौं कि उधार दिएको पैसाको माथि एउटा उचित दरमा ब्याज प्राप्त गर्नको अपेक्षा गरिएको छ (हितोपदेश 28:8; मत्ती 25:27)। प्राचीन इस्राएलमा व्यवस्थामा कर्जाहरुको केवल एउटा मात्र श्रेणीको माथि ब्याज लिनलाई मनाइ गरिएको थियो– त्यो जो गरीबलाई दिइन्थ्यो (लेवी 25:35-38)। यस व्यवस्थाको धेरै समाजिक, आर्थिक र आत्मिक उपयोग थियो, तर त्यी मध्य दुई विशेष रूपमा उल्लेख गर्नु राम्रो हुन्छ। प्रथम, व्यवस्थाले वास्तवमा गरीबको सहायता उनीहरुको परिस्थितिलाई अझै धेरै खराब गर्दै गर्यो। गरीबीमा पर्नु आफैमा खराब थियो, र कसैबाट सहायता पाउनु अझै धेरै अपमानजनक हुन सक्थ्यो। तर यदि, ऋण तिर्नुलाई जोड़ दियो भने, तब एउटा गरीब व्यक्तिलाई ब्याजको भारी बोझको भुगतानलाई तिर्नु पर्थ्यो, यस्तो दायित्व जुन कि सहायता दिनेको अपेक्षा अझै बडी हानिकारक थियो।
दोस्रो, व्यवस्थाले एउटा महत्वपूर्ण आत्मिक पाठ पनि सिकायो। एउटा गरीब व्यक्तिलाई दिएको धनको ब्याजलाई छोड्नु एउटा कर्जा दिने व्यक्ति तर्फबाट दयाको कार्य हुने थियो। जब धन दिएको थियो तब त्यसको माथि आउने वाला पैसाको उपयोगलाई गुमाउद छ। तर पनि यो परमेश्वरको तर्फबाट उहाँको दयाको लागि उहाँको मानिसहरुद्वारा दिएको अनुग्रहको कारण "ब्याज" नलिनको लागि आभार व्यक्त गर्ने एउटा ठोस तरीका हुनेछ। ठीक त्यसै नै गरि परमेश्वर दयाले भरिएर इस्राएलिहरुलाई मिश्रबाट बाहिर निकालेर ल्याउनु भयो जब उनीहरु केहि पनि थिएनन तर दरिद्र दासत्व थिए र उनीहरुलाई उनीहरको जमीन दिनु भयो (लेवी 25:38), त्यसै गरि उहाँ त्यसै नै दयालुपनको अपेक्षा उहाँ आफ्नो गरीब नागरिकहरुको लागि चाहनुहुन्छ।
ख्रीष्टियनहरु पनि समानांतर स्थितिमा छन। येशूको जीवन, मृत्यु र बौरी उठ्नुले हाम्रो कर्जालाई परमेश्वरमा तिरी दिएको छ। अब, जस्तै हामीसँग अवसर छ, हामीले आवश्यकतामा परेका मानिसहरुलाई सहायता गर्नु सक्छौं, विशेष गरि विश्वासी साथीहरुलाई, यस्तो कर्जाको साथ जसले उनीहरुको समस्यालाई धेरै नबढ़ाई दिओस। यहाँ सम्म कि येशूले यस्तै विचारधाराको माथि एउटा दृष्टिटांतलाई दुई लेनदारहरु र उनीहरुको क्षमाको तर्फ गरिएको व्यवहार माथि दिनुभएको छ (मत्ती 18:23-25)।
बाइबलले न त स्पष्ट रूपले पैसा उधार लिनलाई इन्कार गर्छ न त यसको निन्दा गर्छ। बाइबलको ज्ञानले हामीलाई शिक्षा दिन्छ कि यो अक्सर एउटा राम्रो विचार होइन कि ऋणमा परौं। ऋणले अनिवार्य रूपमा हामीलाई त्यस व्यक्तिको दास बनाउद छ जसबाट हामीले ऋणको प्रबन्ध गरेका छौँ। ठीक त्यसै समय, केहि परिस्थितिहरुमा ऋण एउटा "आवश्यक खराबी" हो। जब सम्म पैसालाई बुद्धिमानीसँग उपयोग गरिन्छ र ऋण तिर्ने योग्य हुन्छ, एउटा विश्वासीलाई आर्थिक ऋणको बोझलाई लिन सक्छ यदि यो अत्यन्त आवश्यक छ।
English
ख्रीष्टियनलाई ऋणमा जानुको बारेमा बाइबलले के भन्छ?