settings icon
share icon
प्रश्न

म कसरी परमेश्वरसँग सही सम्बन्धमा रहन सक्छु?

उत्तर


परमेश्वरसँग "सही" सम्बन्धमा रहनुः हामीले पहिले “गलत” के हो भनेर यो बुझ्नु जरुरी छ। यसको उत्तर पाप हो। "कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन" (भजनसंग्रह १४:३)। हामीले परमेश्वरको आज्ञाको विरुध्द विद्रोह गरेका छौँ; "हामी सबै भेडाझैँ बरालिएका छौँ" (यशैया ५३:६)।

दु:खको समाचार यही हो कि पापको दण्ड मृत्यु हो। "जुन प्राणले पाप गर्छ, त्यही मर्छ" (इजकिएल १८:४)। खुसीको समाचार यही हो कि प्रेमी परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ ताकि हामी उद्धारसम्म पुग्न सकौँ। येशूले आफ्नो उद्देश्यको घोषणा यसरी गर्नुभएको थियोः "हराएकालाई खोज्न र बचाउन आएको हुँ" (लुका १९:१०)। अनि उहाँले घोषणा गर्नुभयो कि उहाँको उद्देश्य प्राप्त भइसकेको थियो, जब उहाँ क्रुसमाथि मर्नुभयो र भन्नुभयो, "अब सिध्दियो।" (युहन्ना १९:३०)।

परमेश्वरसँग सही सम्बन्धको सुरुवात आफनो पापलाई स्वीकार गर्नु हो। त्यसपछि परमेश्वरको अघि आफ्नो पापलाई नम्रतासाथ स्वीकार गर्नु हो (यसैया ५७:१५) अनि पापलाई छोड्ने संकल्प गर्नु हो। "किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ” (रोमी १०:१०)।

यो पश्चात्ताप विश्वाससाथ हुनुपर्दछ – विशेषगरी येशूको विश्वास बलिदानात्मक मृत्यु तथा आश्चर्यजनक पुनरुत्थानले उहाँलाई हाम्रो उद्धारकर्ता बनाएको छ। "किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ" (रोमी १०:९)। अन्य संदर्भहरूले विश्वासको आवश्यकताको बारेमा बताउँदछ, जस्तैः (युहन्ना २०:२७; प्रेरित १६:३१; गलाती २:१६; ३:११,२६ र एफीसी २:८)।

परमेश्वरसँग सही सम्बन्धमा हुनु तपाईंको त्यो प्रतिक्रियाको विषय हो, जसमा परमेश्वरले तपाईंको लागि के गर्नुभयो भन्ने कुरा हो। उहाँले उद्धारकर्ता पठाउनुभयो, उहाँले तपाईंको पापलाई हटाउन बलिदानको व्यवस्था गर्नुभयो (युहन्ना १:२९) र उहाँले तपाईंलाई यो प्रतिज्ञा दिनुहुन्छ: "अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ" (प्रेरित २:२१)।

उडाऊपुत्रको दृष्टान्त पश्चात्ताप तथा क्षमाको सबभन्दा सुन्दर उदाहरण हो (लुका १५:११-३२)। कान्छो छोराले टाढा देशमा गएर यहाँ भोग-बिलासमा आफनो सम्पत्ति उडायो (पद १३)। जब उसले आफ्नो गल्ती थाहा पायो, तब उसले घर फर्किने निर्णय लियो (पद १८)। उसले यो अनुमान लगायो कि अब उप्रान्त म तपाईंको छोरा भनिन योग्यको छैन (पद १९), तर ऊ गलत थियो। बुबाले जसरी पहिला प्रेम गर्थे, त्यसरी फर्केर आएको छोरालाई प्रेम गरे (पद २०)। सबै कुरा क्षमा गरी भोज गर्न आदेश दिए (पद २४)। परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न भलो हुनुहुन्छ, जसमा क्षमाको प्रतिज्ञा पनी समावेश छ। "चुर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ” (भजनसंग्रह ३४:१८)।

यदि तपाईं परमेश्वरसँग सही सम्बन्धमा हुन चाहनुहुन्छ भने यो सरल प्रार्थना तपाईंले गर्न सक्नुहुन्छ। यो प्रार्थना गर्नाले वा अरू कुनै प्रार्थनाले तपाईंलाई बचाउन सक्दैन। येशू ख्रीष्टलाई विश्वास गरेर मात्र पापको क्षमा पाइन्छ। यो प्रार्थना केवल तपाईंको विश्वासलाई प्रभुमा व्यक्त गर्न र तपाईंलाई क्षमा दिनुभएकोमा धन्यवाद चढाउन हो। “प्रभु, म जान्दछु कि मैले तपाईंको विरुध्दमा पाप गरेको छु र सजायँ पाउने योग्यको छु। तर येशू ख्रीष्टले त्यो सजायँ भोग्नुभयो, जसको म योग्य थिएँ, ताकि उहाँमा विश्वास गरेर मेरो क्षमा हुन सकोस्। मुक्तिको लागि म मेरो भरोसा तपाईंमा राख्दछु। तपाईंको अचम्मको अनुग्रह र क्षमादानको निम्ति तपाईंलाई धन्यवाद! आमिन!”

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

म कसरी परमेश्वरसँग सही सम्बन्धमा रहन सक्छु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries