settings icon
share icon
प्रश्न

बाइबलले समलिङ्गीको विषयमा के भन्दछ? के समलिङ्गी एउटा पाप हो?

उत्तर


बाइबलले निरन्तर रुपमा बताउँदछ कि समलिङ्गी क्रियाकलाप एक पाप हो (उत्पत्ति १९:१-१३; लेवी १८:२२; रोमी १:२६-२७; १ कोरिन्थी ६:९)। रोमी १:२६-२७ ले विशेष रुपमा यो शिक्षा दिदछ कि समलिङ्गता चाहिँ परमेश्वरलाई इन्कार गर्नु र अनाज्ञाकारीताको परिणाम हो। जब मानिस निरन्तर पाप गरिरहन्छ र अविश्वासमा हिडिरहन्छ भने, परमेश्वरले तिनीहरुलाई अझैँ दुष्टतामा र भ्रष्ट पापको अवस्थामा "त्यगिदिनुहुन्छ" ताकि परमेश्वरबाटको अलगताको जीवनको व्यर्थता र निराशा तिनीहरुलाई देखाउँन। १ कोरिन्थी ६:९ यो घोषणा गर्दछ कि, समलिङ्गी “अपराधीहरु” परमेश्वरको राज्यको हकदार हुनेछैनन्।

परमेश्वरले एउटा व्यक्तिलाई समलिङ्गी विचार वा इच्छाहरु भएको बनाउनु भएन। बाइबलले हामीलाई बताउदँछ कि मानिसहरु पापको कारणले समलिङ्गी बन्यो (रोमी १:२४-२७), र अन्तमा तिनीहरुका आफ्नै रोजाईबाट। एउटा व्यक्ति अतिनै समलिङ्गी भावनाको साथ जन्मेको हुनसक्छ, जस्तै कुनै व्यक्ति हिंसा र अन्य पापको एक प्रवृतिका साथ जन्मेका हुन्छन्। त्यसले कुनै व्यक्तिलाई पापको लालशामा सुम्पेर पापको चयन गर्नुमा कुनै बहाना गर्न दिदैन। यदि एउटा व्यक्ति अति नै रीस वा क्रोधको भावनाको साथ जन्म भएको छ, के यसले त्यो व्यक्तिलाई ति इच्छा वा भावना प्रति आफैलाई सुम्पने अधिकार दिएको छ त? निःशन्देह होइन! त्यसतै नै समलिङ्गता निम्ति पनि हो।

तैपनि, बाइबलले समलिङ्गतालाई अन्य कुनै पापहरु भन्दा “ठूलो” हो भनेर व्याख्या गर्दैन। सबै पापले परमेश्वरलाई अप्रसन्न तुल्याउदछ। समलिङ्गीहरु (१ कोरिन्थी ६:९-१०) पदहरुमा भएका धेरै पापहरुका सुची भित्र पर्ने एउटा पाप हो, जसले परमेश्वरको राज्यको हकदार हुनबाट टाढा राख्छ। बाइबल अनुसार, परमेश्वरको क्षमा जसरी व्यभिचारीहरु, मूर्तिपूजकहरु, हत्याराहरु, चोरहरु, आदिहरुलाई सुलभ भए जस्तै समलिङ्गीहरुका निम्ति पनि उपलब्ध छ। परमेश्वरले पापहरुमाथि, जसमा समलिङ्गीता पनि शामिल छ, विजयको सामार्थको प्रतिज्ञा छ, जसले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रुपमा विश्वास गर्दछन् (१ कोरिन्थी ६:११; २ कोरिन्थी ५:१७; फिलिपि ४:१३)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले समलिङ्गीको विषयमा के भन्दछ? के समलिङ्गी एउटा पाप हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries