settings icon
share icon
प्रश्न

के परमेश्वर वास्तविक हुनुहुन्छ? म कसरी निश्चित रुपमा जान्न सक्छु कि परमेश्वर वास्तविक हुनुहुन्छ?

उत्तर


हामी जान्दछौ कि परमेश्वर वास्तविक हुनुहुन्छ किनभने उहाँ तीन प्रकारद्धारा हामीलाई प्रकट गर्नुभयो: सृष्टिमा, उहाँको वचनमा, उहाँका पुत्र, येश ख्रीष्टमा।

परमेश्वर ले जे बनाउनु भयो त्यो नै उहाँको अस्तित्वको साधारण तर मुख्य आधारभुत प्रमाण हो। “उहाँको अदृश्य गुण, अर्थात उहाँको अनन्त शक्ति र इश्वरिय स्वभाव संसारको सृष्टिदेखी नै बनाइएका थोकहरुमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरुलाई कुनै किसिमको बहाना छैन” (रोमी१:२०)। “आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारामण्डलले उहाँका हातको सिपको घोषणा गर्छ” (भजनसग्रह १९:१)।

यदि तपाईंले कुनै मैदानको विचमा हातमा बाध्ने घडि भेट्टाए भने, तपाईंले यसो भनेर मानि लिनु हुन्न कि यो घडि आफै “देखापरेको” हो अथवा पहिलेबाट नै यहाँ अस्तित्वमा थियो। घडिको बनावटको आधारमा, तपाईं यो भन्न सक्छु कि यो घडिको रचानकार छ। तर संसारमा अति महान र सटीक रचनाकार पाउछौँ। हाम्रो समयको माप हातमा बाध्ने घडिमा आधारित छैन, तर परमेश्वरको हाथको कार्यमा छ— जुनचाही पृथ्वीको दैनिक घुम्ने चक्र हो (जसलाई बैज्ञानिकहरुले सीजियम - १३३ अणुको रेडियो भार भन्दछन्)। ब्रह्माण्डले महान रचना पर्दशन गर्दछ, र यसले महान रचनाकारको तर्क प्रस्तुत गर्दछ।

यदि तपाईंले कुनै कोड भाषामा दिएको सन्देश पाउनु भयो भने, तपाईंले त्यस कोडलाई खोल्न कोशिश गर्नु हुन्छ। मेरो बुझाई यस्तो हुन्छ कि त्यो सन्देश पठाउने व्यक्ति निश्चय नै बुद्धिमान हुनुपर्छ, जसले यो कोड बनाएको हो। डि.एन.ए. “कोड” कति जटिल हुन्छ जो हाम्रो शरीर भित्रको हरेक कोष हुदछ। डि.एन.ए. को जटिलता र उद्देश्यले के अति महान डि.एन.ए. रचनाकार हुनुहुन्छ भनी उहाँको अस्तित्वको विषयमा तर्क दिदैन र?

परमेश्वरले अतिनै जटिल र राम्रोसँग मिलाइएको पार्थिक संसार मात्र बनाउनु भएन; उहाँले हरेक मानिसको हृदयमा अनन्ततापनि राखीदिनुभएको छ (उपदेशक ३:११)। मानिससँग व्यक्तिगत स्वभाव सम्बन्धितज्ञान वा बोध हुन्छ कि यो संसारमा मानिसका आँखाले देखेका भन्दा बढि जीवन चाहि यो पृथ्वीको नियमभन्दा माथी आतित्वमा छ। हाम्रो ज्ञानले अनन्ततालाई कम से कम २ प्रकारमा प्रकट गराउँदछ: व्यवस्था निर्माण र आराधना।

हरेक सभ्यताहरुको अहिल सम्मको ऐतिहाँसीक कालखण्डमा केहि नैतिक मूल्य दिएको छ, जुन आर्श्चयजनक रूपले एक संस्कृति बाट अर्को संस्कृतिमा समानता भेटिएका छ। उदाहरण लागी, प्रेमको आदर्शलाई विश्वव्यापि रुपमा सम्मान गरिएको छ, जबकी झुट बोल्ने कार्यलाई संसारभर निन्दा गरिएको छ। यि साझा नैतिक मूल्य— यी असल र खराब सम्बन्धी संसारभरको बुझाइहरु— हामीलाई एक यस्तो महान र अति उच्च नैतिक व्यक्तितिर देखाउदछन जसले हामीलाई यस्ता समझ दिनछन्।

यसैगरी, संसारभरका मानिसहरु, जुनसुकै संस्कृतीको किन नहोस, सधै आरधनाको प्रकृतिको विकास गरेको पाइएको छ। आराधनाको वस्तु फरक होलान, तर “उच्च शक्ति” को बारेमा ज्ञान चाही मानिसमा छ जसलाई इन्कार गर्न सकिदैन। हाम्रो आराधनाको प्रवर्ति जो हामीमा छ जसले हामीलाई आराधना गर्न लगाउँछ कारण परमेश्वरले हामीलाई सृष्टि गर्नु भएको हो, “उहाँको आफ्नै स्वरुपमा” (उत्पत्ति१:२६)।

परमेश्वरले आफैलाई हामीसँग प्रकट गर्नुभयो उहाँको वचन, बाइबलद्वारा। धर्मशास्त्र भरी, परमेश्वरको अस्तित्वलाई स्वयसिद्ध तथ्यको रुपमा प्रस्तुत गरिएको छ(उत्पत्ति१:१;प्रश्थान ३:१४) । जब कोहि आफ्नो आत्मकथा लाख्छ कि उसले कहिल्यै पनि आफ्नो अस्तित्वको प्रमाण दिनु पर्दैन। यसैगरी, परमेश्वरले पनि आफ्नो अस्तित्वको प्रमाण दिन आफ्नो पुस्तकमा धेरै समय खर्च गर्नु भएन। बाइबलको जीवन परिवर्तनकारी प्रकृती, यस्को सत्यता, र ति आर्श्चयकर्महरु जो यसका लेखाइहरुमा संलग्न छन् यिनीहरु परमेश्वरतिर डोर्याउन हामीहरुको लागि प्रशस्त छन्।

तेश्रो प्रकार जसमा परमेश्वरले आफैलाई आफ्ना पुत्र, येशू आदिमा वचन हुनुहुन्थ्यो: वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो, उहाँ आदीमा परमेश्वरसँग हुनुहुन्थ्यो ..........अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्याले पुर्ण भई हाम्रा बिचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ,जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। (यहुन्ना १: १,१४;कलस्सी २:९ पनि हेर्नुहोस)। येशुको आर्श्चयमय जीवनकालमा, ख्रीष्टले पुर्णरुपमा पुरानो करारको व्यवस्थालाई पालना गर्नुभयो र ख्रीष्ट सम्बन्धी सम्पुर्ण भविष्यवाणीहरु उहाँले पुर्णरुपमा पुरा गर्नुभयो (मत्ति५:१७) आफ्नो वचनको अधिकारको पुष्टि गर्न र आफ्नोर् इश्वरत्वको प्रमाण दिन ख्रीष्टले अनगीन्ती दयाका कामहरु गर्नुभयो सार्वजनिक रुपमा चिन्ह र चमत्कारहरु प्रदर्शन गर्नुभयो (यहुन्ना २१:२४-२५)। र मृत्युको तिन दिन पछि, उहाँ पुनरुत्थान हुनुभयो, यो सत्यता सयौँ गवाहीहरले पुष्टि गरिएका छन् (१ कोरिन्थी १५:६)। ऐतिहाँसीक रुपमा उल्लेखीत “प्रमाणहरुले” बताउँछन कि येशू को हुनुहुन्छ। जसरी प्रेरित पावलले भने, “यी कामहरु कुनै कुनामा भएका होइनन” (प्रेरित २६:२६)।

हामी अनुभव गर्दछौ कि जहिले पनि मानिसहरु अनुभवलाई विश्वास गर्नेहरु हुनेछन जससँग परमेरश्वर सम्बन्धी तिनीहरुको आफ्नो विचारधारा हुन्छ र तिनीहरुले यस सम्बन्धी प्रमाणहरु अध्ययन गर्नेछन र यस्ता मानिसहरु पनि हुनेछन। र तह यस्ता पनि हुनेछन जसलाई कुनै प्रकारका प्रमाणहरुले पनि काम गर्नेछैन (भजनसग्रह १४:१) यो सबैकुरा विश्वासबाट आउँदछ (हिब्रु११:६)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के परमेश्वर वास्तविक हुनुहुन्छ? म कसरी निश्चित रुपमा जान्न सक्छु कि परमेश्वर वास्तविक हुनुहुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries