settings icon
share icon
प्रश्न

म कसरी जान्न सक्छु कि कुनै कार्य पाप हो?

उत्तर


यस प्रश्नमा दुइओटा विषय सम्मिलित छन्, त्यो कुरा जसको बाइबलले विशेष रूपमा उल्लेख गर्दछ र जसलाई पाप हुने घोषणा गर्दछ र त्यो कुरा जसको बारेमा बाइबलले सिधा रुपमा सम्बोधित गर्दैन। विभिन्न तरिकाको पापहरुको पवित्र शास्त्रीय सूचिहरुमा हितोपदेश 6:16-19, गलाती 5:19-21, र 1 कोरिन्थी 6:9-10 को संदर्भमा सम्मिलित छ। यसमा कुनै सन्देह छैन कि यो संदर्भ पापले भरिएको कार्यहरुको यस्ता सूचीहरुलाई प्रस्तुत गर्दछ, जसलाई गर्नको अनुमति परमेश्वरले दिनुहुन्न। हत्या, व्याभिचार, झूट बोल्नु, चोरी गर्नु आदि– यसमा कुनै सन्देह छैन कि बाइबलले यी कुराहरुलाई पापको रुपमा प्रस्तुत गर्दछ। यस मध्य सबै भन्दा कठिन विषय यो निर्धारण गर्नु हो कि त्यो क्षेत्रहरुमा पापले भरिएको कार्य कुन हो जसको बारेमा बाइबलले सीधा रूपले सम्बोधित गर्दैन। जब बाइबलले कुनै एउटा निश्चित विषयको बारेमा भन्दैन, तब हामीसँग हाम्रो मार्गदर्शनको लागि उहाँको वचन बाट केहि सामान्य सिद्धान्त पाइन्छ।

सबै भन्दा पहिले, जब पवित्र शास्त्रमा केहि विशेष मध्यस्त नभए, तब यो सोध्न ठीक हुनेछ कि केहि निश्चित कुरा गलत त छैन, बरु, यसको अपेक्षा, कि के यो निश्चित रूपमा सही छ। बाइबलले उदाहरणको लागि यो भन्द छ कि हामीले "समयको सदुपयोग गर्दे व्यवहार गर्नु पर्दछ” (कलस्सी 4:5)। पृथ्वीमा हाम्रो थोरै दिन अनन्तकालको सम्बन्धमा धेरै नै कम र बहुमूल्य छ कि हामीले हाम्रो समयलाई, शारीरिक कुराहरुको माथि व्यर्थ फाल्नु हुदैन, बरु "आवश्यकता अनुसार त्यही कुरा बोल्ने गर जसबाट सुन्नेहरुलाई अनुग्रह मिलोस्" (एफिसी 4:29)।

निर्धारित गर्नको लागि एउटा असल जाँच यो हो कि हामी ईमानदारी साथ, असल विवेकमा, परमेश्वरको साथ आशीष पाउनको लागि भन्न सक्छौँ र कुनै विशेष कार्यलाई आफ्नो असल उद्देश्यहरुको प्राप्तिको लागि उपयोग गर्न सक्छौँ। "यसकारण चाहे तिमीहरु खाओ, अथवा पिओ, वा तिमीहरु जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर" (1 कोरिन्थी 10:31)। यदि सन्देहको कुनै कुरा छ कि कुन कुराले परमेश्वरलाई प्रसन्न तुल्याउछ, तब त्यो कुरालाई छोड्नु नै उत्तम हुनेछ। "विश्वास बाट उत्पन्न नभएको कुनैपनि कुरा पाप हो" (रोमी 14:23)। हामीले यो स्मरण राख्नु पर्दछ कि हाम्रो शरीर, साथै हाम्रो प्राणले पनि, छुटकारा पाएको छ र परमेश्वरसँग सम्बन्धित छ। "तिमीहरुको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरुले परमेश्वर बाट पाएका छौ, र उहाँ तिमीहरु भित्र वास गर्नु हुन्छ भन्ने के तिमीहरुलाई थाहा छैन? तिमीहरु स्वयं आफ्नै होइनौ। तिमीहरु मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरुका शरीरमा परमेश्वरको महिमा गर" (1 कोरिन्थी 6:19-20)। यो महान् सत्यले हामीले जेपनि गर्छौँ र जहाँ पनि हामी जान्छौं, त्यसको माथि वास्तविक गहिरो छाप हुनु पर्दछ।

यसको अतिरिक्त, हामी परमेश्वरको संबंधमा न केवल हाम्रो कार्यहरुको, बरु हाम्रो परिवारहरु, हाम्रो मित्रहरु र सामान्य रूपमा अन्य मानिसहरुको माथि अनिहरुको प्रभावको सम्बन्धमा पनि मूल्यांकन गर्नु पर्दछ। हुनु सक्छ कि कुनै विशेष कुराले हामीलाई व्यक्तिगत् रूपमा ठेस न पुराउला, तर यो कुनै अन्यको लागि नुक्सानदायी वा यसले उमाथि प्रभाव पर्न सक्छ, यो एउटा पाप हो। "उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ... विश्वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पर्ने इच्छा नराखेर दुर्बल मानिसहरुका कमजोरीहरुलाई सहनु पर्छ (रोमी 14:21; 15:1)।”

अंतमा, स्मरण राखौं कि येशू ख्रीष्ट हाम्रो प्रभु र उद्धारकर्ता हुनुहुन्छ, र कुनै पनि यस्तो कुराको अनुमति दिनु हुदैन जसमा हामीले उहाँको इच्छालाई बुझ्ने प्राथमिकताबाट रोकोस्। कुनै पनि बानी वा मनोरंजन वा महत्वाकांक्षाले हाम्रो जीवनहरु माथि कुनै तरिकाबाट नियंन्त्रण हुने अनुमति दिदैन; केवल ख्रीष्टलाई मात्र यो अधिकार छ। "सबै कुरा मेरो निम्ति न्यायसंगत छन्, तर सबै कुरा फाइदाका छैनन। सबै कुरा मेरो निम्ति न्यायसंगत छन्, तर म कुनै कुराको कमारो हुनेछैनँ” (1 कोरिन्थी 6:12)। "कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर” (कलस्सी 3:17)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

म कसरी जान्न सक्छु कि कुनै कार्य पाप हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries