settings icon
share icon
प्रश्न

नयाँ आकाश र नयाँ पृथ्वी के हुन्?

उत्तर


धेरै मानिसहरुको यो गलतधारणा छ कि वास्तवमा स्वर्ग कस्तो छ। प्रकाश अध्याय 21-22 ले हामीलाई नयाँ स्वर्ग र नयाँ पृथ्वीको बारेमा विस्तृत चित्र प्रस्तुत गर्दछ। अन्तको समयको घटनाहरुको पश्चात्, हाम्रो अहिलेको स्वर्ग र पृथ्वी हटी जानेछ र यसको स्थान नयाँ स्वर्ग र नयाँ पृथ्वीले लिनेछ। विश्वसिहरुको अनन्तकालीन निवास स्थान नयाँ पृथ्वीमा हुनेछ। नयाँ पृथ्वी एउटा यस्तो "स्वर्ग" हो जसको माथि हामी अनन्तकालको जीवनलाई व्यतीत गर्ने छौ। यो नयाँ पृथ्वी नै हो जहाँ नयाँ यरूशलेम, स्वर्गीय शहर, स्थित हुनेछ। यस नयाँ पृथ्वीको माथि मोतिहरुको ढोका र सुनको सड़क हुनेछ।

स्वर्ग – अर्थात् नयाँ पृथ्वी – यस्तो भौतिक स्थान हो जहाँ निर हामी महिमामयी अविनाशी शरीरहरुको साथमा वास गर्नेछौं (1 कोरिन्थी 15:35-38)। यो विचारधारा कि "स्वर्ग बादलमा छ" बाइबल सम्मत छैन। जुन स्वर्गलाई विश्वासीले अनुभव गर्नेछन् त्यो नयाँ र सिद्ध ग्रह हुनेछ जसमा हामी वास गर्नेछौँ। नयाँ पृथ्वी पाप, खराब, बिमारी, दु:ख र मृत्यु बाट स्वतंत्र हुनेछ। यो हाम्रो अहिलेको पृथ्वी जस्तै नै हुन्छ वा शायद हुन सक्छ कि हाम्रो अहिलेको पृथ्वीको नै पुनः निर्माण हुनेछ, तर यो पापको श्राप रहित हुनेछ।

नयाँ स्वर्गको बारेमा के भन्यौं? यो स्मरण रखना अति महत्वपूर्ण हुन्छ कि प्राचीन मानिसहरुको मनमा "स्वर्ग" को संकेत आकाश र बाहृय अन्तरिक्ष, को साथ-साथै त्यस लोकको तर्फ थियो जहाँ परमेश्वर वास गर्नु हुन्थ्यो। त्यसैले, जब प्रकाश 21:1 ले नयाँ स्वर्गको तर्फ संकेत गर्दछ कि, तब यस संकेतको संभावना धेरै रहन्छ कि पूरै ब्रह्माण्डलाई – अर्थात् नयाँ पृथ्वी, नयाँ आकाश, एउटा नयाँ अन्तरिक्षको सृजना हुनेछ। यस्तो लाग्छ कि मानौ परमेश्वरको स्वर्गलाई फेरि पनि निर्मित गरिनेछ, ता कि ब्रह्माण्डमा सबै कुरालाई एउटा "नयाँ आरम्भ" दिइनेछ चाहे त्यो भौतिक वा आत्मिक नै किन नहोस्। के अनन्तकालमा हामी नयाँ स्वर्गसम्म पुग्नेछौं? शायद, तर हामीले यसको खोजी हुनु सम्म प्रतीक्षा गर्नु पर्नेछ। हाम्रो प्रार्थना छ कि हामी सबैलाई परमेश्वरको वचनले स्वर्गको बारेमा हाम्रो समझलाई सही आकार दिन अनुमति दिउन।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

नयाँ आकाश र नयाँ पृथ्वी के हुन्?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries