settings icon
share icon
प्रश्न

मैले किन आत्मा हत्या गर्नु हुदैन?

उत्तर


हाम्रो हृदय तिनीहरु तिर जान्छ जसले आफ्नो जीवन आत्माहत्याद्वारा अन्त्य गर्ने विचार गरेका छन्। यदि अहिले त्यो तपाईं हुनुहुन्छ भने , यसले धेरै भावनाहरुको बारे बोल्नसक्छ, जस्तै आशा विहान र नैराश्यता। सायद तपाईं एकदमै गहिरो खाल्डोमा हुनुभएझै महशुस गर्नु भएको छ, र तपाईं त्यहाँ एउटा आशाको किरण छ भनी शंका गर्नुहुन्छ जसले कुराहरु राम्रो हुन सक्छ। तपाईं काहाँबाट आईरहनु भएको छ भनी बुझ्ने वा वास्ता गर्ने कोहि पनि भेटिदैन। जीवन जीउन लाएकको छैन…वा छ?

यदि केहि क्षण यो विचार गर्नु कि साचो परमेश्वर अहिले वास्तवमा तपाईंको जीवनमा हुनुहुन्छ, उहाँले साबित गर्नु हुनेछ कि ऊहाँ कति महान हुनुहुन्छ,“किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन (लूका १:३७)। हुनसक्छ पुरानो समयको चोटहरुको प्रभावले तपाईं भित्र त्याग वा अस्वीकारिता परिणाम उत्पन्न भयो। यिनीहरुले तपाईंलाई आत्मा-दया, क्रोध, तितोपन, बदलाको भावना वा अस्वस्थ्य भयमा दोराई रहेका छन् जसको कारण तपाईंको महत्वोपूण सम्बन्धमा समस्या उत्पन्न भइरहेको होला।

किन तपाईंले आत्मा हत्या गर्नु हुदैन ?मीत्र, चाहे तपाईंको जीवनमा कतिनै खराब कुराहरु भइराखेको किन नहोस, यहाँ निर परमेश्वरको प्रेम छ जसले तपाईंको प्रतिक्षा गरिरहनु भएको छ ताकि तपाईंले उहाँलाई आफ्नो जीवनमा मार्गदर्शन गर्न दिनुहोस् र उहाँले तपाईंलाई निराशा साघुरो देखि उहाँको प्रकाश आश्चर्यपूण निकल्नुहुनेछ। उहाँ मात्र निश्चित आशा हो। उहाँको नाउँ येशू हो।

यो येशू, परमेश्वरको पापरहित पुत्र, तपाईंको तिरस्कार र अपमानको साथ सम्बन्ध स्थापित गर्नु हुन्छ। अगमवक्कता यशैयाले उहाँको बारेमा यशैयामा लेख्छन् यशैया ५३:२-६, उहाँलाई व्यतिको रुपमा वर्णन गर्दे “तुच्छ र सबैबाट त्यागेको” उहाँको जीवन पूर्ण रुपमा दु:ख र कष्टको थियो। तर जुन दु:ख उहाँले सहनु भयो त्यो उहाँको आफ्नो थिएन; उनी छेडीए, चोटीलो भए, कुल्चिए, सबै हाम्रो पापको कारण। ऊहाँले कष्ट भोग्नु भएको कारण, हाम्रो जीवन छुटकरा र पूर्ण भएको छ।

मित्र, तपाईंका सबै पापहरु क्षमा हुन भन्नको निम्ति येशू ख्रीष्टले यी सबै कुराहरु सहनु भयो। तपाईंको वरिपरि रहेका तपाईंका जुनसुकै दोषका भारहरु तपाईंले बोक्नु भएको भएता पनि, याद राख्नोस् कि उहाँले तपाईंलाई क्षमा गर्नुहुनेछ यदि तपाईंले नम्रता पूर्वक उहाँलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुहुनछ। ...“संकटको दिनमा मलाई पुकार, र म तँलाई छुटाउनेछु ...” (भजनसंग्रह ५०:१५)। तपाईंले गर्नु भएको कुराहरु क्षमा दिन येशूको निम्ति कुनै खराब होइन। बाइबलमा भएका उहाँका चुनिएका सेवकहरु मध्ये केहिले एकदमै नराम्रा पापहरु गरेका छन् जस्तै हत्या (मोशा), हत्या र व्यभिचार (राजा दाउद), र शारीरिक र भावनात्मक शोषण (प्रेरित पावल)। त्यसो भएतापनि तिनिहरुले परमेश्वरमा क्षमादान र एउटा भरिपुर जीवन प्राप्त गरे। “मेरो सबै अधर्मबाट मलाई पूर्णरुपमा छोईदिनुहोस्, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्। “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।” (२ कोरिन्थी ५:१७)।

किन तपाईंले आत्मा हत्या गर्नु हुदैन? मित्र, “टुटेको” कुरा मरम्मत गर्न परमेश्वर तयार हुनुहुन्छ तपाईंसँग भएको अहिलेको जीवन, जुन तपाईं आत्माहत्याद्वारा नष्ट गर्न चाहनु हुनछ। यशैया ६१:१-३, मा अगमववताले लेखेका छन्, “परमप्रभु परमेश्वरका आत्मा ममाथि छ, किनभने गरीबहरुलाई सुसमाचार सुनाउनका निम्ति परमेश्वरले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरुको हृदयलाई बाँध्न, कैदमा परेकाहरुलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरुलाई छुटकराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।परमप्रभुको प्रस्न्न्ताको वर्ष र हाम्रो परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरुलाई सान्त्वना दिन, र सियोनमा विलाप गर्नेहरुलाई खरानीको सट्टा सुन्दरताको मुकुट र शोकको सट्टा आनन्दको तेल लगाईदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहीराइदिन। उहाँका गौरवको प्रदर्शन होस् भनेर परमप्रभुले नै रोप्नुभएको धार्मिकताका फलाँटहरु तिनिहरु कहलाईनेछन्।”

येशू कहाँ आउँनोस्, र उहाँलाई तपाईंको आनन्द र उपयोगिता पूनस्थापित गर्न दिनोस्, एउटा नयाँ जीवन शुरु गर्नको निम्ति तपाईं उहाँमा भरोसा गर्नुहोस। जुन आनन्द तपाईंले हराउनु भएको थियो उहाँले त्यस पुर्नस्थापित गर्न प्रतिज्ञा गर्नु हुन्छ र त्यसलाई समाली राख्न नयाँ आत्मा दिनुहुनेछ। तपाईंको हृदय उहाँको निम्ति अनमोल छ। तोड़िएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोड़िएको हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न” (भजनसंग्रह ५१:१२,१५-१७)।

के तपाईं परमेश्वरलाई तपाईंको मुक्तिदाता र गोठालो भनि स्वीकार गर्नुहुन्छ? उहाँले तपाईंका विचारहरु र कदमहरुलाई— अनुवाई गर्नुहुनेछ एक दिन एक समयमा— उहाँको वचन, बाइबलद्वारा। “म तलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँडनुपर्ने सो तँलाई सिकाउनेछु। म तलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु” (भजनसंग्रह ३२ :८)। “तिमीहरुका समयको लागि उहाँ पक्का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्य भण्डार हुनुहुनेछ। परमप्रभुको भय मान्नु नै यस भण्डारको साँचो हो” (यशैया ३३:६)। ख्रीष्टमा, तपाईंले अझै संघर्ष गर्नु पर्नेछ, तर अब तपाईंसँग आशा छ। उहाँ एउटा यस्तो “मित्र हुनुहुन्छ जो दाज्यू - भाईभन्दा नजीक टाँसिनुहुन्छ” (हितोपदेश १८:२४)। तपाईंको निर्णयको समयमा प्रभू येशूको अनुग्रह तपाईंसँग रहोस्।

यदि तपाईं येशू ख्रीष्टलाई तपाईंको मुक्तिदाताहो भनि विश्वाश गर्न चाहानुहुन्छ भने, तपाईंको हृदयमा यि शब्दहरु परमेश्वरलाई भन्नोस्। “परमेश्वर, मेरो जीवनमा मलाई तपाईंको खाँचो छ। मैले गरेका सबै कुराको निम्ति मलाई क्षमा दिनुहोस्। म मेरो विश्वास येशू ख्रीष्टमा राख्छु र उहाँ मेरो मुक्तिदाता हुनुहुन्छ भनी विश्वाश गर्छु। कृपया मलाई धुनुहोस्, निको पार्नोस्, र मेरो जीवनमा आनन्द स्थापना गर्नुहोस। मेरो निम्ति प्रेमको लागि र मेरो सट्टोमा येशूको मृत्यूको लागि धन्यवाद।

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मैले किन आत्मा हत्या गर्नु हुदैन?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries