settings icon
share icon
प्रश्न

पूर्वनियति के हो? के पूर्वनियति बाइबल आधारित छ?

उत्तर


रोमी 8:29-30 ले हामीलाई बताउदछ कि, "जस-जसलाई उहाँले पहिलेबाटै चुन्नु भएको छ, उहाँले तिनीहरुलाई आफ्नो पुत्रको रुपसमान बनाउनलाई, धेरै भाइहरु मध्ये उहाँचाहिँ ज्येष्ठ होऊन् भनेर, अघिबाटै नियुत्त गर्नुभयो जस-जसलाई उहाँले अघिबाटै नियुत्त गर्नुभयो, तिनीहरुलाई उहाँले बोलाउनु पनि भयो, र जस–जसलाई उहाँले बोलाउनु भयो, तिनीहरुलाई उहाँले धर्मी पनि ठहराउनु भयो।" एफिसी 1:5 र 11 ले घोषणा गर्दछ कि, "उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुत्ति गर्नुभएको थियो... उहाँमा, जसले सबै कुरा आफ्नो इच्छाको योजनाअनुसार पुरा गर्नुहुन्छ, अफ्नो अभिप्रायअनुसार।" धेरै मानिस पूर्वनियति वा पहिले देखि ठहराइएको धर्मसिद्धान्तको प्रति जोरदार शत्रुता राख्द छन। तर पनि, पूर्वनियति एक बाइबल आधारित धर्मसिद्धान्त हो। पूर्वनिर्धारितको कुञ्जी भाग्यको अर्थलाई बाइबल आधारित समझनु नै हो।

पवित्र शास्त्रमा अनुवाद गरिए शब्द "पूर्वनियति" यूनानी भाषा को शब्द परोज़ियो शब्द बाट आएको संदर्भ दिदछ जो "पहिल्यै निर्धारण, " "नियुक्ति गर्ने," "समय भन्दा पहिले निर्धारित गरिने" अर्थ दिन्छ। यसरी, पूर्वनियतिमा परमेश्वरले पहिले देखि नै निश्चित कुरालाई समय देखि पहिल्यै घटित हुनलाई ठहराउनु भयो। यस्तो कुन कुरा हुन सक्छ जसलाई परमेश्वरले पहिले बाटै नै निर्धारित गर्नु भएको थियो? रोमी 8:29-30 को अनुसार, परमेश्वरले पहिले देखि नै ठहराईएको थियो कि केहि निश्चित मानिस उहाँको पुत्रको समानतामा आउन, बोलाइउन, धर्मी ठहराइउन र महिमा पाउन। आवश्यक रूपमा, परमेश्वरले पहिले देखि नै निर्धारित गर्नु भयो कि केहि निश्चित मानिस मात्र बचाइने छन्। पवित्र शास्त्रले असँख्या संदर्भहरुको यहाँ संकेत दिदछ कि ख्रीष्टमा विश्वासीहरूलाई चुनिएको हो (मत्ती 24:22; 31; मर्कूस 13:20; 27; रोमी 8:33, 9:11, 11:5-7, 28; एफिसी 1:11; कलस्सी 3:12; 1 थेसलोनिकी 1:4; 1 तिमोथी 5:21; 2 तिमोथी 2:10; तितस 1:1; 1 पत्रुस 1:1-2; 2:9; 2 पत्रुस 1:10)। पूर्वनियति वा पहिले देखि ठहराएको बाइबल आधारित धर्मसिद्धान्त हो जसमा परमेश्वरले उहाँको संप्रभुतामा केहि व्यक्तिहरुलाई बचाउनको लागि पहिले देखि नै चुन्नु भएको हो।

पूर्वनियतिको धर्मसिद्धांतको विरुद्ध सब भन्दा सामान्य आपत्ति यो हो कि यो पक्षपाती छ। किन परमेश्वरले केहि निश्चित मानिसको चुनाव गर्नुभयो सबैलाई किन होइन? स्मरण राख्न योग्यको महत्वपूर्ण कुरा यो हो कि हामी कोहि पनि बचाइनेको योग्य छैनौं। हामी सबैले पाप गरेको छौं (रोमी 3:23), र अनन्तकालको दण्डको योग्य छौँ (रोमी 6:23)। परिणामस्वरूप, परमेश्वरले हामी मध्य प्रत्येकलाई अनन्तकालको नरकमा जान दिनको लागि पूर्ण रुपमा धर्मी हुनुहुन्छ। तर फेरी पनि, हामी मध्य केहिलाई बचाउन चुन्नु भयो। उनीहरु जो चुनिएका छैनन उनीहरुको लागि उहाँकुनै पनि रितिले पक्षपाती हुनुहुन्न, किनकि उनिहरुले जे पाउन पर्ने हो त्यही नै पाउछन। परमेश्वरले केहि मानिसई चुन्नुको लागि अनुग्रहकारी हुनु कुनै पनि रितिले अन्यको साथमा पक्षपात भएको होइन। परमेश्वरबाट केहि पनि पाउन कोहि पनि योग्यका छैनन; त्यसैले कसैले पनि यो अपत्ति गर्न सक्दैन कि उसले परमेश्वरबाट केहि पनि प्राप्त गरेको छैन। एउटा उदाहरण यस्तो हुन सक्छ एक व्यक्तिले बीस जनाको भीड़मा बिना चुनिकन कोहि पनि पाँच जनालाई पैसा दिदै जान्छ। के त्यी पन्ध्र जना जसले पैसा पाएनन उनीहरु उदास हुन्छन? हुन सक्छ। के उनिहरु उदास हुन सही हो? होइन, उनिहरु उदास हुन सही होइन। किन? किनकि त्यस व्यक्तिले उनीहरु मध्य कोहिलाई पनि केहि दिनु पर्दैन थियो। उसले त केवल त्यी व्यक्तिहरु माथि दयालु हुने निर्णय गरे।

यदि परमेश्वरले यो चुन्नु भएको छ कि को बचाइने छ, तब यो एक प्रकारले ख्रीष्टमा विश्वास गर्ने र उहाँलाई चुन्नुको हाम्रो स्वतंत्र इच्छालाई कम गर्दैन? बाइबलले हामीलाई भन्छ कि हामीसँग चुनावको विकल्प छ –त्यी सबै जसले येशू ख्रीष्टमा विश्वास गर्ने छन त्यी सबै बचाईने छन (यूहन्ना 3:16; रोमी 10:9-10)। बाइबलले यस्तो कहिँ पनि भन्दैन कि जसले परमेश्वरमा विश्वास गर्द्छन उहाँले तिनीहरुलाई अस्वीकार गर्नुहुन्छ वा आफ्नो मुख तिनीहरुबाट फेर्नुहुन्छ जसले उहाँको खोजी गर्छ (व्यवस्था 4:29)। कुनै पनि तरिकाबाट, परमेश्वरको रहस्यमा, पूर्वनियति वा पहिले देखि ठहराइने एक व्यक्तिको साथमा हथौ-हाथ कार्य गर्दछ जो परमेश्वरको निकट आउदछ (यूहन्ना 6:44) र उद्धारको लागि विश्वास गर्दछ (रोमी 1:16)। परमेश्वरले पहिल्यै नै निर्धारित गर्नुहुन्छ कि को बचाइने छ, र हामीले ख्रीष्टको चुनाव बचाइनको लागि गर्नु जरूरी छ। दुबै तथ्य वास्तवमा सत्य छ। रोमी 11:33 घोषणा गर्दछ कि, "आहा! परमेश्वरको वैभव र बुद्धि ज्ञान कति गहिरो! उहाँका इन्सफहरु कति अगम र उहाँका मार्ग बुझ्न नसकिने।"

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

पूर्वनियति के हो? के पूर्वनियति बाइबल आधारित छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries