settings icon
share icon
प्रश्न

जीवनमा उद्देश्य कसरी प्राप्त गर्ने भन्ने भरेमा बाइबलके भन्छ?

उत्तर


बाइबल यस विषयमा पुर्ण तरिकाले स्पष्ट छ कि हाम्रो जीवनको उद्देश्य के हुनु पर्छ। पुरानो र नयाँ नियम दुबैमा मानिहरुले जीवनको उद्देश्यलाई पाउन र खोजि गर्ने कोशिश गरे। सोलोमन, अहिले सम्म यस पृथ्वीमा रहने सबै मानिसहरु भन्दा अधिक बुद्धिमान, ले जीवनको निरर्थकताको बारेमा खोजि गरेका थिए, जब यसलाई केवल यस संसारको लागि व्यतीत गरिन्छ। यो उपदेशकको पुस्तकमा यस सारांशित टिप्पणिहरुलाई दिन्छ: "अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान। किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।" (उपदेशक 12:13-14)। सोलोमनले भन्छ कि जीवनको अर्थ आफ्नो जीवन र विचारहरुद्वारा परमेश्वरको महिमा गर्न र उहाँको आज्ञाहरुलाई पालन गर्नु हो, किनकी एक दिन हामी सबै उहाँको न्यायको सामनामा खडा हुनेछौं। जीवनमा हाम्रो उद्देश्यको एउटा हिस्सा परमेश्वरको भय मान्न र उहाँको आज्ञाको पालन गर्नु हो।

हाम्रो उद्देश्यको अर्को हिस्सा यस पृथ्वीमा आफ्नो जीवनको दृष्टिकोणलाई हेर्नु हो। जसको ध्यानाकर्षण यस जीवनको माथि छ, त्यसको विपरीत राजा दाऊदले आफ्नो सन्तुष्टिलाई आउने वाला समयको तर्फ हेरे। उनले भने, "मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु। हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।" (भजन संग्रह 17:15)। दाऊदको लागि, पूर्ण सन्तुष्टि त्यस दिन आउने छ जब उनि (अर्को जीवनमा) बिउझ्दै दुवै अर्थात् उहाँको मुखको दर्शन गर्ने छन (परमेश्वरको साथ संगति गर्नु) र उहाँको स्वरूप जस्तै हुनेछन (1 यूहन्ना 3:2)।

भजन संग्रह 73 मा, आसापले कुरा गर्छन कि कसरी उनि दुष्टको प्रति ईर्ष्याको परीक्षामा परे जसलाई कुनै कुराको पनि वास्ता थिएन र जो आपनो भाग्यको निर्माण त्यी मानिसहरुको पीठको माथि गर्द थिए, जसबाट उनले लाभ प्राप्त गर्द थिए, तर फेरी उनि उनीहरुको चरम अन्तको माथि ध्यान लगाउद थिए। जुन कुराहरुको उनीहरुले लालसा गरे त्यसको तुलनामा, त्यो वचन 25 मा भनिन्छ कि उसको लागि जुन कुराको राख्द छ, त्यो यो हो: "तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु। अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ।" आसापको लागि, परमेश्वरको साथ सम्बन्ध यस जीवनको सबै कुराहरु माथि अर्थ राख्द थियो। यस सम्बन्धको बिना, जीवनको कुनै उद्देश्य छैन।

प्रेरित पावलले त्यी सबैका जो उनले आफ्नो धार्मिकताद्वारा बौरी उठेका ख्रीष्टको सामना गर्नु भन्दा पहिले नै प्राप्त गरेका थिए, को बारेमा कुरा गर्दछ, र उसले यो सारांश निकाल्यो कि उनि यस सबैलाई ख्रीष्ट येशूको पहिचानको उत्तमताको कारण कूडाको ढेरको समान समझद थिए। फिलिप्पी 3:9-10 मा, पावलले भने कि उनि ख्रीष्टलाई जान्ने र "उहाँमा पाइने" लाई छोडेर अरु केहि पनि चाहदैन थिए कि उनको साथमा धार्मिकता होस र उनि त्यसमा विश्वासको साथ जीवन व्यतीत गरुन, चाहे यसको अर्थ दुख उठाउन र मर्न किन नहोस्। पावलको उद्देश्य ख्रीष्टलाई जान्न थियो, उहाँमा विश्वासद्वारा धार्मिकतालाई प्राप्त गर्नु थियो, र उहाँसँग संगतिमा जीवन व्यतीत गर्नु थियो, यहाँ सम्म कि जब यसको कारण उनि माथि दुख नै किन नआओस (2 तिमोथी 3:12)। अन्तमा, उनले त्यस समयको तर्फ हेरे जब उनि पनि "मृतकहरुमा बौरी उठने वालाहरू" को एउटा हिस्सा हुनेछ।

जीवनमा हाम्रो उद्देश्य, जस्तै कि परमेश्वरले मूल रूपमा मानिसलाई रच्नु भएको थियो, यो हो कि 1) परमेश्वरको महिमा गर्नु र उहाँको साथ संगतिमा रहनु, 2) अन्यहरुको साथ राम्रो सम्बन्धहरुमा रहनु, 3) काम गर्नु, र 4) यस पृथ्वीलाई आफ्नो अधीनमा गर्नु। तर मानिस पापमा पर्नुद्वारा, परमेश्वरको साथ संगति टूटियो, अन्यको साथ उनीहरुको सम्बन्ध बिगिर्यो, काम यस्तो बुझिन्छ कि हताशले भरिएको र मानिस यस प्राकृतिको माथि आफ्नो अधिपत्यलाई बनाई राख्नको लागि संघर्षरत् भयो। परमेश्वरको साथ संगतिलाई बनाई राख्न, येशू ख्रीष्टमा विश्वासद्वारा नै, जीवनको उद्देश्यलाई पुन: स्थापित गर्न सकिन्छ।

मानिसको उद्देश्य परमेश्वरको महिमा गर्नु र उहाँको साथ सदैवको लागि आनन्द मनाउनु हो। हामी परमेश्वरको महिमा उहाँको भय मान्नु र उहाँको आज्ञा पालनद्वारा, आफ्नो आँखालाई आफ्नो भविष्यको घरको तर्फ लगाउदै, र उहाँको घनिष्ठताको साथ जान्दै गर्दछौं। हामी परमेश्वरको साथ आनन्द आफ्नो जीवनमा उहाँको उद्देश्यको पछि हिड्दै, जसले हामीलाई साँचो र स्थाई आनन्द – प्रसस्तको जीवनबाट जसको इच्छा उहाँले हाम्रो लागि राख्नु हुन्छ, लाई अनुभव गर्नको लागि सक्षम बनाउनु हुन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

जीवनमा उद्देश्य कसरी प्राप्त गर्ने भन्ने भरेमा बाइबलके भन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries