settings icon
share icon
प्रश्न

संकष्टकालको सम्बन्धमा र्याप्चरचाहिँ कहिले हुन गइरहेको छ?

उत्तर


संकष्टकालको सम्बन्धमा र्याप्चरको समयचाहिँ आज मण्डलीहरुमा भएको सबैभन्दा विवादास्पद विषय हो। तीनओटा मुख्य विचारहरु चाहिँ हुन्: पुर्व संकष्टकाल (संकष्टकाल अघि नै र्याप्चर हुने), मध्य संकष्टकाल, (संकष्टकालको माझमा र्याप्चर हुने), र अन्त संकष्टकाल (संकष्टकालको अन्त्यमा र्याप्चर हुने)। चौथो विचार, जसलाई सामान्यत् क्रोधपूर्व भनेर जानिन्छ, चाहिँ मध्य संकष्टकालको अवस्थाको केही परिवर्तन रुप हो।

सर्वप्रथम, संकष्टकालको उद्धेश्यलाई जान्नु महत्वपूर्ण छ। दानिएल ९:२७ अनुसार, त्यहाँ सत्तरी “सातहरु” (सात वर्ष) छ, जुनचाहिँ आउनलाई अझ बाँकी नै छ। सत्तरी “सातहरु” को दानिएलको सारा अगमवाणी (दानिएल ९:२०-२७) ले इस्राएल राष्ट्रको विषयमा बोल्दैछ। यो चाहिँ समयको त्यो अवधी हो जहिलेचाहिँ परमेश्वरले उहाँको सारा ध्यान विशेष गरेर इस्राएलमाथि राख्नुहुन्छ। सत्तरी “सातहरु”, संकष्टककाल पनि परमेश्वरले विशेषरुपले इस्राएलसंगै कार्य गर्नै समय हुनसक्छ। मण्डली पनि उपस्थित हुन सक्दैन भनेर आवश्यकरुपले संकेत नगरेको भए तापनि यसले त्यस समयमा मण्डलीचाहिँ किन पृथ्वीमा हुनु आवश्यक पर्दछ त भन्ने प्रश्न ल्याउँदछ।

र्याप्चरमाथिको धर्मशास्त्रको प्रारम्भिक परिच्छेद हो, १ थेसलोनिकी ४:१३-१८। यसले उल्लेख गरेको छ कि सबै मरेर गएका विश्वासीहरुसंगै, सबै जीवित रहेका विश्वासीहरुले प्रभु येशूलाई बादलमा भेट्नेछन् र सदासर्वदै उहाँसँग रहनेछन्। र्याप्चरचाहिँ परमेश्वले आफ्ना मानिसहरुलाई पृथ्वीबाट हटाउनुहुने समय हो। केही पदहरु पछि, १थेसलोनिकी ५:९ मा, पावलले भनेका छन्, “किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो।” मूलरुपले संकष्टकालको अवधीसंग सम्बन्ध राख्ने प्रकाशको पुस्तकचाहिँ, संकष्टकालको अवधीमा परमेश्वरले पृथ्वीमा कसरी आफ्नो क्रोध खन्याउनुहुन्छ भन्ने भविष्यवाणीरुपी सन्देश हो। विश्वासीहरुले क्रोधलाई सहनेछैन भनेर प्रतिज्ञा गर्नु अनि त्यसपछि तिनीहरुलाई संकष्टकालको क्रोध सहनलाई पृथ्वीमा छोडिदिनुचाहिँ परमेश्वरको लागि नमिल्ने कुरो हुँदछ। आफ्ना मानिसहरुलाई पृथ्वीबाट हटाउनेछु भनेर प्रतिज्ञा गर्नुभएको केही पछि नै ख्रीष्टियनहरुलाई क्रोधबाट छुटकारा गर्नेछु भन्ने परमेश्वरको प्रतिज्ञाचाहिँ ती दुईआटा घटनाहरुमा एकैसाथ गाँसिएको जस्तो देखिन्छ।

र्याप्चरको समयमाथिको अर्को महत्वपूर्ण परिच्छेद हो प्रकाश ३:१०, जसमा ख्रीष्टले विश्वासीहरुलाई पृथ्वीमाथि आउन गइरहेको "परीक्षाको घडी” बाट छुटकारा गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको छ। यसको दुईओटा अर्थहरु हुनसक्दछ। खीष्टले कि त विश्वासीहरुलाई परीक्षाहरुको माझमा बचाउनुहुनेछ, अथवा उहाँले विश्वासीहरुलाई परीक्षाबाट मुक्त गर्नुहुनेछ। दुबै यूनानीशब्द “बाट” मान्यता अनुवाद भएको अर्थ हो। तापनि, विश्वासीहरुलाई के कुराबाट अलग राखिनेछ भनेर गरिएको प्रतिज्ञालाई जान्न महत्वपूर्ण छ। यो एउटा परीक्षामात्र होइन, तर “परीक्षाको घडी” हो। ख्रीष्टले विश्वासीहरुलाई परीक्षाहरु रहेको समयावधीबाट अलग राख्ने प्रतिज्ञा गर्नुभएको छ, जस्तै संकष्टकाल। संकष्टकालको उद्धेश्य, र्याप्चरको उद्धेश्य, १थेसलोनिकी ५:९ को अर्थ र प्रकाश ३:१० को व्याख्या, सबैले संकष्टकालपूर्वको अवस्थालाई स्पष्ट समर्थन दिँदछ। यदि बाइबललाई शाब्दिकरुपमा र मिल्दो गरी व्याख्या गरिएको छ भने, पूर्व संकष्टकालको अवस्थाचाहिँ बाइबलीयरुपमै आधारित व्याख्या हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

संकष्टकालको सम्बन्धमा र्याप्चरचाहिँ कहिले हुन गइरहेको छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries