settings icon
share icon
प्रश्न

मलाई चाहिने वास्तविक धर्म कुन हो?

उत्तर


म्याक्डोनल्डजस्ता तिव्र खाना बनाउने रेस्टुराँहरूले हामीले चाहेअनुसार खाना तयार गर्न सफल भएका हुनाले हाम्रो आकर्षण हासिल गरेको छ। कुनै कफी भण्डारहरूले १०० किसिमका स्वाद र विभिन्न प्रकारका कफीहरू उपलब्ध भएको विज्ञापन गर्दैआएका छन्। जब हामी घर वा गाडी खरिद गर्न जान्छौं, त्यही बेला हामी हामीलाई चाहिएको सुविधा र आवश्यक कुरा छनौट गर्न सक्छौँ। हामी केवल चकलेट, भनिल्ला र स्ट्रबेरीजस्तो एक दुई थरिका स्वादले मात्र सन्तुष्ट हुँदैनौँ। छनौट प्रमुख भइसकेको छ। तपाईंलाई चाहिने चीजबिजहरू आवश्यकताअनुसार मन पर्ने गरी उपलब्ध छ।

त्यसो भए तपाईंलाई सुहाउने धर्मको बारेमा के त? एक धार्मिक विश्वासमा कुनै गलत कुरा छैन, कुनै कडा आदेश दिँदैन, साथै यसो गर, उसो नगर भन्ने निस्सासिँदा बोझहरू थप्दैन। के त्यस्तो धार्मिक विश्वास छ, जसलाई मैले माथि बयान गरेको छु। आइसक्रिमको विभिन्न परिकार रोजेजस्तो के धार्मिक विश्वास चुन्न सकिन्छ?

थुप्रै प्रवचनहरू हाम्रो ध्यान खिच्न एकआपसमा बढी प्रयत्नशील छन्, त्यसो हो भने किन हामीले येशू ख्रीष्टलाई सबैभन्दा माथि भनी विचार गर्छौँ? कुनै व्यक्ति मोहम्मद वा कन्फुशियस्, बुध्द वा चार्ल्स टेज रुसल वा जोसेफ स्मिथभन्दा पहिले येशूलाई किन उच्च हो भनी विचार गर्छौँ? के सबै बाटो स्वर्गमा अन्त हुँदैन र? के सबै धर्म वास्तवमा एउटै होइन र? साँचो भन्ने हो भने सबै धर्मले स्वर्ग लाँदैन, जसरी सबै बाटोले पोखरा लाँदैन।

येशूले मात्र परमेश्वरको अधिकार अनुरूप बोल्न सक्नुहुन्छ किनभने येशूले मात्र मृत्युमाथि विजय हासिल गर्नुभयो। मुहम्मद, कन्फुसियस तथा अरू जम्मै व्यक्तिहरू तिनीहरूकै चिहानमा आजसम्म पनि कुहिएर रहेका छन्। तर येशू आफ्नै शक्तिको उपयोग गरी ३ दिनपछि रोमीको क्रूसको मृत्युपछि गुफामा रहेको चिहानबाट बौरी उठ्नुभयो।

येशूको पुनरुत्थान भएको समर्थन गर्ने तथ्यहरू निरन्तर प्रशस्तै छन्। पहिले, पाँच सयभन्दा बढी दर्शकहरूले ख्रीष्ट मृत्युबाट ब्युँझेको देखेका थिए। त्यो प्रत्यक्ष दर्शकहरू भएपछि तिनीहरूलार्इ नै प्रशस्त मानिन्छ। पाँच सयको बयानलाई अस्विकार गर्न सकिँदैन। त्यस बाहेक अझै खाली चिहानका तथ्यहरू पनि जोडदार छन्। येशूका विरोधीहरूले उहाँको मृतक तथा सडेको शरीरलाई देखाउनुपर्ने थियो तर त्यहाँ मुर्दा नै थिएन। चिहान रित्तो थियो। के उहाँका चेलाहरूले उहाँको शरीरलाई चोर्न सफल भए त? असम्भव किनकि यस घटना हुनुपहिले उहाँको मृत शरीर रहेको गुफामा रोमी सिपाहीहरूले कडा पहरा दिइरहेका थिए। उहाँको नजिकका डराएका चेलाहरू उहाँको पक्राउ र क्रुसको मृत्युपछि डरले कामी हिंड्ने मछुवाहरूले रोमका विशिष्ट सिपाहीको सामना गर्ने सम्भावना नै थिएन। न त उनीहरूले आफ्नो जीवन त्यागेर सहिद हुनेथिए – धेरै जसोले – धोखा दिए - यसको साँचो तथ्य यो हो कि येशूको पुनरुत्थान मानवीय तहमा हुन्छ भनेर बयान गर्नै सकिन्न।

फेरि, उहाँजस्ता महान्र व्यक्तित्वले मृत्युमाथि नियन्त्रण गर्न सक्नुहुन्छ, उहाँ हाम्रो ध्यान खिच्न लायकको हुनुहुन्छ। उहाँले मृत्युमाथि विजय हासिल गर्नुभयो; त्यसैले हामी उहाँले भन्नुभएका कुरा सुनौँ। येशू मुक्तिको लागि एकमात्र बाटो भएको दाबी गर्नुहुन्छ (युहन्ना १४:६)। उहाँ एक बाटो मात्र होइन; उहाँ अरू बाटोमध्ये एक होइन। तर येशू एक मात्र बाटो हुनुहुन्छ।

येशू भन्नुहुन्छ, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरुलाई विश्राम दिनेछु” (मत्ती ११:२८)। यो संसार गाह्रो तथा जीवन कठिन छ। यहाँ धेरैजस्तो हामी रक्त्तपात, चोट र लडाईंले घाइते हुन्छौँ। मान्नुहुन्छ? तपाईंलाई के चाहिन्छ? पुनर्स्थापना वा केवल धर्म? जीवित उद्धारकर्ता वा मृतक भविष्यवक्ता कहलाइने धर्म संस्थापक? एक अर्थपूर्ण सम्बन्ध वा रित्तो कर्म चाहनुहुन्छ? येशू एक मात्र चाहना नभई - एकमात्र छनौट हुनुहुन्छ।

यदि तपाईंले क्षमाको खोजी गर्नुहुन्छ भने येशू नै सुहाउँदो “मुक्तिदाता” हुनुहुन्छ (प्रेरित १०:४३)। यदि तपाईंले परमेश्वरसँग सही सम्बन्ध चाहानुहुन्छ भने येशू नै एक सुहाँउदो “बाटो” हुनुहुन्छ (युहन्ना१०:१०)। यदि तपाईं अनन्तसम्म स्वर्गमा घर बसाल्न चाहानुहुन्छ भने येशू नै तपाईंको सुहाउँदो “जीवन” हुनुहुन्छ (युहन्ना ३:१६)। आफ्नो मुक्तिदाताको रूपमा तपाईंको विश्वास येशू ख्रीष्टमा राख्नुहोस्; तपाईंले केही भुल गर्नुहुनेछैन! उहाँमा तपाईंको पाप क्षमाको निम्ति भरोसा गर्नुहोस्; तपाईं पछुताउनुहुनेछैन।

तपाईं येशू ख्रीष्टसँग “सही सम्बन्ध” राख्न चाहनुहुन्छ भनेर यहाँ एक साधारण प्रार्थना छ। यो प्रार्थना गर्नाले वा अरू कुनै प्रार्थनाले तपाईंलाई बचाउन सक्दैन। येशू ख्रीष्टलाई विश्वास गरेर मात्र पापहरूको क्षमा पाइन्छ। यो प्रार्थना केवल तपाईंको विश्वासलाई प्रभुमा व्यक्त गर्न र तपाईंलाई क्षमा दिनुभएकोमा धन्यवाद चढाउन होस्: “प्रभु, म जान्दछु कि मैले तपाईंको विरुध्दमा पाप गरेको छु र सजायँ पाउने योग्यको छु। तर येशू ख्रीष्टले त्यो सजायँ भोग्नुभयो, जसको म योग्य थिए, ताकि उहाँमा विश्वास गरेर मेरो क्षमा हुन सकोस्। मुक्तिको लागि म मेरो भरोसा तपाईंमा राख्दछु। तपाईंको अचम्मको अनुग्रह र क्षमादानको निम्ति तपाईंलाई धन्यवाद! आमिन!”

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मलाई चाहिने वास्तविक धर्म कुन हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries