settings icon
share icon
प्रश्न

एक मसीह विश्वासी वैवाहिक दम्पत्तिलाई यौनमा कुन कुराहरु नगर्नु/कुन कुराहरु गर्नुको अनुमति दिदछ?

उत्तर


बाइबलले भन्दछ कि "सबका बीचमा विवाह चाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस, किनकी दुराचारी र व्यभिचारिहरुको इन्साफ परमेश्वरले गर्नु हुन्छ” (हिब्रू 13:4)। पवित्र शास्त्रले कहिल्यै पनि यो भन्दैन कि श्रीमान वा श्रीमतीलाई यौनिक क्रियाहरुमा के कुरा गर्न वा के कुरा नगर्नको अनुमति दिदैन। श्रीमान र श्रीमतीलाई यो निर्देश दिएको छ कि, "तिमीहरु एक अर्कालाई इन्कार नगर; इन्कार गर्यौं भने पनि आपसमा सल्ला गरेर केहि समयको निम्ति मात्र” (1 कोरिन्थी 7:5अ)। यो वचनले शायद विवाहमा यौन सम्बन्धहरुको माथि सिद्धान्तलाई दिन्छ। जे पनि गरिन्छ, आपसी सल्लाले गर्नु पर्छ। कसैलाई यस्तो गर्नको लागि उत्साहित वा मजबूर गर्नु हुदैन कि ऊ केहि कुरा गर्ने कोशिश गरोस् (उदाहरणको लागि मौखिक यौन क्रिया अर्थात् मुख मैथुन, यौन क्रीड़ा गर्ने विभिन्न तरिका, यौन खेलौनाको उपयोग इत्यादि), फेरि बाइबलले कुनै पनि कारण दिदैन कि यस्तो किन गर्न सकिदैन।

यद्यपि, यहाँ निर केहि यस्ता कुराहरु छन्, जसलाई यौनिक क्रियाको लागि एक वैवाहिक जोडीलाई बिल्कुल पनि अनुमति दिदैन। यस्तो व्यवहार जस्तै "जीवन साथीको अदला-बदली गर्नु" वा "जीवन साथीलाई साझा गर्नु/साझा गर्नेहरु" वा "एक अतिरिक्त व्यक्तिलाई बाहिर बाट ल्याउनु" (तीन जना, वा चार जनालाई जम्मागरि यौन गर्नु इत्यादि), खुल्लम खुल्ला व्यभिचार हो (गलाती 5:19; एफिसी 5:3, कलस्सी 3:5; 1 थेसलोनिकी 4:3)। व्यभिचार पाप हो, चाहे तपाईंको जीवन साथीले यसको अनुमति दिएता पनि, मंजूर गरे पनि, वा चाहे ऊ यसमा सहभागी नै किन नहोस्। अश्लील साम्रगी "शरीरको अभिलाषा र आँखाको अभिलाषा" को तर्फ आकर्षित गर्दछ (1 यूहन्ना 2:16) र यसैकारण परमेश्वरद्वारा पनि दोषी ठहराउनु हुन्छ। एउटा श्रीमान र श्रीमतीलाई अश्लील सामग्रीलाई आफ्नो यौन सम्बन्धमा कहिल्यै पनि ल्याउनु हुदैन। यी दुई कुराहरुको अतिरिक्त, यस्तो केहि पनि छैन जसलाई पवित्र शास्त्रमा स्पष्ट रूपले एउटा श्रीमान र श्रीमतीलाई केहिपनि गर्नको लागि निषेध गर्छ, कि उनीहरु एक अर्कासँग लामो समय आपसमा सहमतिले रहुन।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

एक मसीह विश्वासी वैवाहिक दम्पत्तिलाई यौनमा कुन कुराहरु नगर्नु/कुन कुराहरु गर्नुको अनुमति दिदछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries