settings icon
share icon
प्रश्न

पापीको प्रार्थना भनेको के हो?

उत्तर


पापीको प्रार्थना यस्तो प्रार्थना हो, जुन कुनै पनि व्यक्तिले परमेश्वरसँग प्रार्थना गर्दछ, जब तिनीहरूले म पापी हुँ र मलाई मुक्तिदाताको आवश्यकता छ भनी बुझ्दछन्। पापीको प्रार्थना गर्दैमा कुनै पनि कुरा आफैंमा पूरा हुँदैन। पापीको साँचो प्रार्थनाले यो प्रतिनिधित्व गर्दछ, जब एउटा व्यक्तिले आफ्नो पापपूर्ण अवस्था र उध्दारको बारेमा थाहा पाएको, बुझेको र विश्वास गरेको कुरालाई साँचो रूपमा प्रस्तुत गर्छ।

पापीको प्रार्थनाको पहिलो अवस्था हामी सबै पापी छौँ भनी बुझ्नु हो। रोमी ३:१० ले भन्दछ, “जसो लेखिएको छ, धर्मी कोही छैन, एक जना पनि छैन।’’ बाइबलले स्पष्ट रूपमा भन्दछ कि हामी सबैले पाप गरेका छौँ। हामी सबै पापीलाई परमेश्वरबाट दया र क्षमाको आवश्यकता छ (तितस ३:५-७)। हाम्रो पापको कारण हामी अनन्त दण्डको भागीदार छौँ (मत्ती २५:४६)। पापीको प्रार्थना न्यायको सट्टामा अनुग्रहको निम्ति एउटा युक्ति मात्र हो। यो क्रोधको सट्टामा दयाको निम्ति एउटा अनुरोध हो।

पापीको प्रार्थनाको दोस्रो कुरा हाम्रो हराएको र पापपूर्ण अवस्थाको छुटकाराको निम्ति परमेश्वरले के गर्नुभयो भन्ने कुरालाई जान्नु हो। परमेश्वर देहधारी हुनुभयो र येशू ख्रीष्ट मानव रूपमा आउनुभयो (युहन्ना १:१, १४)। येशूले हामीलाई परमेश्वरको सत्यताबारे सिकाउनुभयो र पूर्णरूपमा धार्मिक र पापरहित जीवन जिउनुभयो (युहन्ना ८:४६, २ कोरिन्थी ५:२१)। येशू हामीले भोग्नुपर्ने दण्डको सट्टामा क्रुसमा मर्नुभयो (रोमी ५:८)। येशूको पुनरुत्थानले पाप, मृत्यु र नरकमाथि विजय प्राप्त गर्नुभयो (कलस्सी २:१५; १ कोरिन्थी १५)। यी सबै कुराको कारणले हामीले हाम्रा पापबाट क्षमा पाउन सक्छौं र स्वर्गको अनन्त घरमा रहने प्रतिज्ञा पाउन सक्छौँ - हामीले हाम्रो विश्वास येशू ख्रीष्टमाथि राखेपछि यसो हुन्छ। हामीले गर्नुपर्ने सम्पूर्ण कुरा उहाँ हाम्रो साटोमा मर्नुभयो र मृत्युबाट पुनरुत्थान हुनुभयो भनी विश्वास गर्नु हो (रोमी १०:९-१०)। हामी अनुग्रहबाट, विश्वासद्वारा र येशू ख्रीष्टमा मात्रै बचाइन सक्छौं। एफिसी २:८ ले भन्दछ, “किनभने अनुग्रहबाट विश्वासद्धारा तिमीहरूले उद्धार पाएका छौँ - र यो तिमीहरू आफैंबाट होइन, यो त परमेश्वरको वरदान हो।’’

पापीको प्रार्थना गर्नु भनेको साधारण अर्थमा परमेश्वरमा यो घोषणा गर्ने एउटा उपाय हो कि तपाईंले येशू ख्रीष्टलाई तपाईंको मुक्तिदाताको रूपमा विश्वास गर्नुहुन्छ। यो कुनै “चमत्कारिक” शब्दहरू होइन, जसले उध्दार ल्याउँछ। यो येशूको मृत्यु र पुनरुत्थानमा मात्रै विश्वास गर्नु हो, जसले हामीलाई बचाउन सक्छ। तपाईं पापी हुनुहुन्छ र येशू ख्रीष्टद्वारा उध्दारको आवश्यकता छ भनेर तपाईंले बुझ्नुभयो भने यहाँ पापीको प्रार्थना छ, जुन प्रार्थना तपाईंले परमेश्वरमा गर्न सक्नुहुन्छ छ: “परमेश्वर, मलाई थाहा छ कि म पापी हुँ। मलाई थाहा छ कि म मेरो पापका परिणामहरूको योग्य छु। जे भए पनि म मेरो मुक्तिदाताको रूपमा येशू ख्रीष्टमा भरोसा गर्दछु। म विश्वास गर्दछु कि उहाँको मृत्यु र पुनरुत्थानले मैले क्षमादान पाएको छु। म येशूमा भरोसा गर्दछु र येशू मात्रै मेरो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी भरोसा गर्दछु। प्रभु, मलाई बचाउनुभएको लागि र क्षमा दिनुभएको लागि धन्यवाद! आमेन!’’

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

पापीको प्रार्थना भनेको के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries