settings icon
share icon
प्रश्न

धूम्रपानको प्रति मसीह दृष्टिकोण के छ? के धूम्रपान एक पाप हो?

उत्तर


बाइबलमा धूम्रपानको सिधा उल्लेख कहिल्यै पनि भएको छैन। जब कि, यसको सिद्धांत छ, जो कि निश्चित रूपमा धूम्रपानको माथि लागू हुदछ। सबै भन्दा पहिले, बाइबलले हामीलाई आदेश दिन्छ कि हामीले हाम्रो शरीरहरुको कुनै पनि कुराको "अधीन" हुने अनुमति दिनु हुदैन। "सबै कुरा मेरो निम्ति न्यायसंगत छन्, तर सबै कुरा फाइदाका छैनन। सबै कुरा मेरो निम्ति न्यायसंगत छन्, तर म कुनै कुराको कमारो हुनेछैनँ” (1 कोरिन्थी 6:12)। धूम्रपान इन्कार नगर्नु एक शक्तिशाली लत हो। यसै संदर्भमा पछि हामीलाई यो भनिएको छ कि, "तिमीहरुको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरुले परमेश्वर बाट पाएका छौ, र उहाँ तिमीहरु भित्र वास गर्नु हुन्छ भन्ने के तिमीहरुलाई थाहा छैन? तिमीहरु स्वयं आफ्नै होइनौ। तिमीहरु मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरुका शरीरमा परमेश्वरको महिमा गर" (1 कोरिन्थी 6:19-20)। बिना कुनै सन्देहको धूम्रपान तपाईंको स्वास्थ्यको लागि एकदमै खराब हो। धूम्रपान गर्नाले फोक्सो र हृदयको नुक्सान हुने प्रमाणित भएको छ।

के धूम्रपान गर्न "लाभदायक" मान्न सकिन्छ (1 कोरिन्थी 6:12)? के यस्तो भन्न सकिन्छ कि धूम्रपान गर्नाले वास्तवमा आफ्नो शरीरको साथ परमेश्वरको महिमा गर्नु हो (1 कोरिन्थी 6:20)? के एक व्यक्तिले ईमानदारीसँग परमेश्वरको महिमाको लागि धूम्रपान गर्न सक्छ (1 कोरिन्थी 10:31)? हामी यो विश्वास गर्छौँ कि यी तीन प्रश्नहरुको उत्तर जोडदार आवाजमा "नाई" हुन्छ। परिणामस्वरूप, हामी यो विश्वास गर्दछौं कि धूम्रपान एक पाप हो र त्यसैले येशू ख्रीष्टको अनुयायी भएको कारणले यसलाई अभ्यासमा ल्याउनु हुदैन।

धेरै मानिसहरु यस विचारधाराको विरूद्ध यस तथ्यको तर्फ संकेत गर्दे दलील गर्छन् कि धेरै मानिसहरु अस्वास्थ्यकारी भोजन खान्छन्, जो केवल शरीरको लागि ठीक त्यसतै नै गरि लत लाग्ने धेरै खराब हुनसक्छ। उदाहरणको लागि, धेरै मानिसहरु कैफ़ीन नामक नशा पदार्थलाई लिनको लागि यति धेरै असहाय भई त्यसको आदी हुन्छन कि यसलाई बिहान कॉफीको रूपमा बिना एक प्याला नलिइ कुनै कार्य गर्ने योग्यको हुदैन्न। जब कि यो सत्य हो, यसले कसरी धूम्रपानलाई सही ठहराउछ? हाम्रो दलील यो हो कि मसीह विश्वासीहरुको घिचुवापन र धेरै अस्वास्थ्यकारी भोजनलाई खान बाट बच्नु पर्दछ। हो, मसीह विश्वासी अक्सर एक पापको लागि दोष लागउने र कुनै अन्य पापको लागि दोष लगाउनको लागि पाखंडी हुन्छ, तर, फेरि, धूम्रपानले परमेश्वरको सम्मानको लागि सही ठहराउदैन।

धूम्रपानको यस दृष्टिकोणको विरूद्ध एउटा अर्को विचारधारा यो हो कि धेरै धार्मिक मानिसहरुले धूम्रपान गर्द थिए, जस्तै प्रसिद्ध ब्रिटिश उपदेशक सी. एच. स्पर्जन, जसलाई सिगार सेवनको लागि जनिन्थियो। एक पटक फेरि, हामीले यो विश्वास गर्दैनौ कि यस दलीलमा कुनै वजन छ। हामीले यो विश्वास गर्दछौं कि स्पर्जनको धूम्रपान गर्नु गलत थियो। के ऊ यस बाहेक एउटा धार्मिक व्यक्ति र परमेश्वरको वचनको अनौठो शिक्षक थिए? अवश्य नै! के यो उनको सबै कार्यहरु र बानीहरुलाई परमेश्वरको सम्मानको लागि सही ठहराउद छ? नाई।

यस्तो भन्दै कि धूम्रपान एक पाप हो, हामीले यो भनेका छैनौ कि धूम्रपान गर्नेहरु सबै जाना बचाइने छन्। येशू ख्रीष्टको धेरै साँचो विश्वासीहरु छन् जसले धूम्रपान गर्छन। धूम्रपानले कुनैपनि व्यक्तिलाई बचाउनको लागि रोक्दैन। न त यसले कुनै व्यक्तिलाई उसको उद्धार गुमाउनेको कारण बन्न सक्छ। धूम्रपान कुनै पनि अन्य पापहरुको जस्तै क्षमा गरिने कुनै पनि तरिकाले कम छैन, चाहे एक व्यक्ति मसीह विश्वासी बनिरहेको होस् वा एक मसीह विश्वासी आफ्नो पापहरुलाई परमेश्वरको सामने अंगीकार नै किन नगरोस् (1 यूहन्ना 1:9)। ठीक त्यसै समय, हामी दृढ़ताले विश्वास गर्छौँ कि धूम्रपान गर्न एक पाप हो र यसलाई त्याग्नु पर्दछ र परमेश्वरको सहायताले यस माथि विजयी पाउनु पर्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

धूम्रपानको प्रति मसीह दृष्टिकोण के छ? के धूम्रपान एक पाप हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries