settings icon
share icon
प्रश्न

मानिसको प्राण र आत्मा को बीचमा के अन्तर छ?

उत्तर


प्राण र आत्मा दुई यस्तो मौलिक अभौतिक वा अमूर्त पक्ष हो जसलाई पवित्रशास्त्रले मानिसको लागि उपयोग गर्दछ। यि दुई मध्यमा सटीक भिन्नतालाई बुझ्ने प्रयास गर्न उलझन पूर्ण हुन सक्दछ। "आत्मा" शब्द मानिसको अभौतिक पक्षको हुने संकेत गर्दछ। मानव प्राणीको सँग आत्मा छ, तर हामी आत्मा होइनौ। यधपि, पवित्रशास्त्रमा, केवल विश्वासीहरुलाई नै आत्मिक रूपमा जीवित भनिएको छ (1 कोरन्थी 2:11; हिब्रू 4:12; याकूब 2:26), जब कि अविश्वासीहरु आत्मिक रूपमा मरेका हुन्छन (एफिसी 2:1-5; कलस्सी 2:13)। पावलको लेखहरुमा, आत्मिक हुनु एउटा विश्वासीको लागि निर्णायक स्थान राख्नु थियो (1 कोरिन्थी 2:14; 3:1; 1:3; एफिसी 5:19; कलस्सी 1:9; 3:16)। आत्मा मानिसमा त्यो तत्व हो जसले हामीलाई परमेश्वरको साथमा एक घनिष्ठ संबन्ध बनाउनको लागि योग्यता दिदछ। जब पनि शब्द "आत्मा" शब्दको प्रयोग गरिन्छ, तब यहाँ मनुष्यको अभौतिक अंशको तर्फ संकेत गर्दछ जो परमेश्वरको साथ "संबन्ध" स्थापित गर्दछ, जो स्वयं आत्मा हुनुहुन्छ (यूहन्ना 4:24)।

"आत्मा" शब्द मानिस को दुबै अर्थात् अभौतिक वा अमूर्त र भौतिक वा मूर्त पक्षको लागि संकेत दिन सक्दछ। मानिस जो संग आत्मा छ, को विपरीत, मानिस प्राणी हो। यसको मौलिक अर्थमा, "प्राण" शब्दको अर्थ "जीवन" हो।" तर पनि, यस आवश्यक अर्थ बाट बाहिर, बाइबलले प्राणलाई धेरै संदर्भमा बताएको छ। यस मध्य एउटा मनिसको पाप (लूका12:26) गर्नको लागि उत्सुक हुन्छ। मानिस स्वाभाविक रूपले नै खराब छ, र परिणामस्वरूप हाम्रो प्राण पापको कारण दूषित छ। प्राणको जीवन सिद्धांत भौतिक मृत्युको समय यसलाई हटाई दिदछ (उत्पत्ति 35:18; यर्मिया 15:02)। प्राण, जसरी आत्माको साथमा छ, अनेक आत्मिक र भावनात्मक अनुभवहरुको केन्द्र हो (अय्यूब 30:25; भजन संग्रह 43:5; यर्मिया 13:17)। जब पनि "प्राण" शब्दको प्रयोग गरिन्छ, तब यसको संकेत पूर्ण व्यक्तिको लागि हो, चाहे ऊ जीवित होस् उसको मृत्युको पश्चात् हुन् सक्छ।

प्राण र आत्मा एक आपसमा जोडिएको भए, तापनि अलग अलग छ (हिब्रू 4:12)। प्राण मानिसको प्राणीको मुख्य तत्व हो; यो त्यो तत्व हो जो हामी हौ। आत्मा मानिस प्राणीको त्यो पक्ष हो जसले हामीलाई परमेश्वरको साथमा जोड्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मानिसको प्राण र आत्मा को बीचमा के अन्तर छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries