settings icon
share icon
प्रश्न

मेरो आत्मिकी वरदान के हो भनेर मैले कसरी जान्नु सक्छु?

उत्तर


हाम्रो आत्मिकी वरदानहरु के के हुन् भनेर ठीकसँग हामीलाई भन्न सक्ने कुनैपनि जादुमय सुत्र अथवा निर्णायक जाँच छैन। उहाँले निर्धारण गर्नुभए अनुसार पवित्र आत्माले वरदानहरुलाई बाडने काम गर्दछ (१ कोरिन्थी १२:७-११)। ख्रीष्टियनहरुको लागि एउटा साधारण समस्या चाहिँ आफ्नो आत्मिकी वरदानको प्रलोभनमा पर्नु हो ता कि हामी त्यस क्षेत्रमा मात्र परमेश्वरको सेवा गर्न चाहन्छौँ जहाँ हामीलाई वरदान दिइएको हो भनी हामी अनुभव गर्दछौँ। आत्मिकी वरदानले त्यसरी कार्य गर्दैन। हरेक कुरामा आज्ञाकारीताका साथमा उहाँको सेवा गर्नु भनेर परमेश्वरले हामीलाई बोलाउनुहुन्छ। उहाँले हामीलाई जुन कामको निम्ति बोलाउनुहुन्छ त्यसलाई पूरा गर्न उहाँले हामीलाई जुनै पनि वरदान अथवा वरदानहरुले भरी दिनुहुन्छ।

हामीलाई दिएको आत्मिकी वरदानलाई चिन्ने कार्य विभिन्न तरीकामा पूरा गर्न सकिन्छ। आत्मिक वरदानले जाँच वा सुचिहरु, यद्यपि पूर्णरुपले भर नपरे ता पनि, हाम्रो वरदान कहाँ हुन सक्दछ भनेर बुझ्नको लागि हामीलाई सहायता गर्न सक्दछ। अरुहरुबाटको पुष्टिकरणले पनि हाम्रो आत्मिकी वरदानबारे केही प्रकाश दिदछ। हामीले परमेश्वरको सेवा गरेको देख्ने अरु मानिसहरुले प्रायः जसो प्रयोग भइरहेको आत्मिकी वरदानलाई पहिचान गर्न सक्दछ जसलाई हामीले स्वीकार गरेका पनि हुन सक्दछौँ अथवा नचिनेको पनि हुन सक्दछौँ। प्रार्थना पनि महत्वपूर्ण छ। त्यो वक्ति जसले पूर्ण तरिकाले यो जान्दछ कि हामीलाई कुन आत्मिकी वरदान दिइएको छ त्यो स्वयम् वरदानदाता हो— पवित्र आत्मा। उहाँको महिमाको लागि हाम्रो आत्मिकी वरदानलाई अझ असल रुपमा प्रयोग गर्नलाई हामीले परमेश्वरसँग बिन्ती गर्न सक्दछौँ कि हामीलाई कुन वरदान दिनुभएको छ।

हो, परमेश्वरले कसैलाई शिक्षक हुनको लागि बोलाउनुहुन्छ र तिनीहरुलाई शिक्षा दिने वरदान दिनुहुन्छ। परमेश्वरले कसैलाई सेवक हुनको लागि बोलाउनुहुन्छ र तिनीहरुलाई सहयोग गर्ने वरदानद्वारा आशिष दिनुहुन्छ। तापनि, हाम्रो आत्मिकी वरदानलाई विशेष रुपले जान्नुले हाम्रो वरदानदेखि बाहिरको क्षेत्रमा परमेश्वरको सेवा गर्नबाट हामीलाई मुक्त गर्दैन। परमेश्वरले हामीलाई दिनुभएको आत्मिकी वरदान (हरु) हो भनि जान्नु के लाभदायक हुन्छ? अवश्य हो। आत्मिकी वरदानमाथि धेरै केन्द्रित हुन के गलत हो जसले गर्दा हामीले परमेश्वरको सेवा गर्ने अरु अवसरहरु गुमाउदछौँ? हो। यदि हामी परमेश्वरद्वारा प्रयोग गरिनको लागि समर्पित छौँ भने, उहाँले हामीलाई चाहिने आत्मिकी वरदानहरु भरी दिनुहुन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मेरो आत्मिकी वरदान के हो भनेर मैले कसरी जान्नु सक्छु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries