प्रश्न
के ख्रीष्टियनहरुलाई अन्य धार्मिक मान्यताहरुको प्रति सहनशील हुनु पर्दछ?
उत्तर
हाम्रो "सहनशीलता" लाई यस युगमा, नैतिक सापेक्षवादलाई सर्वोच्च गुणको रुपमा छोपी दिएको छ। प्रत्येक दर्शन, विचार र विश्वास पद्धतिको समान योग्यता छ, यस्तो सापेक्षवादीले भन्दछन, र त्यसैले समान रूपमा सम्मान पाउने योग्यका छन। त्यो जो एउटा विश्वास पद्धतिलाई अर्को विश्वास पद्धतिभन्दा धेरै जोड दिन्छन– यहाँसम्म कि अझैपनि खराब– आफुसँग पूर्ण सत्यको ज्ञान हुने दावा गर्छन संकीर्ण हृदय भएका, कम जानकारी प्राप्त, वा यहाँ सम्म कि धर्मान्ध मानिन्छ।
यसमा कुनै सन्देह छैन कि, विभिन्न धर्म परस्पर आफुसंग नै पूर्ण दावा हुने कुराहरु गर्दछ र सापेक्षवादी तर्कसंगत रूपले स्पष्ट विरोधाभासहरुलाई सामंजस्य गर्नमा असमर्थ छ। उदाहरणको लागि, बाइबलले यो दावा गर्दछ कि "सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ।” (हिब्रू 9:27), जब कि केहि पूर्वी धर्मले पुर्नजन्मको शिक्षालाई दिन्छ। त्यसैले, के के हामी एक पल्ट मात्र मर्छौं वा धेरै पटक? दुबै शिक्षाहरु साँचो हुन सक्दैन। सापेक्षवादी अनिवार्य रूपले सत्यलाई पुन: परिभाषित गर्दछ ताकि एउटा विरोधाभासी संसार निर्मित हुन सकोस जहाँ निर असँख्या, विरोधाभासी "सत्य" सह-अस्तित्वमा रहन सकौं।
येशूले भन्नुभयो, "म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ; पिताकोमा जाने माध्यम हुँ।" (यूहन्ना 14:6)। एउटा मसीहले सत्यलाई स्वीकार गर्छन, न कि एउटा अवधारणालाई, तर एउटा व्यक्तिको जस्तै। सत्यको यो स्वीकारोक्ति मसीहहरुलाई अन्य आजको दिनहरुको तथाकथित "उदारता राख्नेहरु" बाट टाडा गरिदिन्छ। मसीहहरुले सार्वजनिक रूपमा यो स्वीकार गरेका छन कि येशू मृतकहरुबाट बौरी उठ्नु भयो (रोमी 10:9-10)। यदि त्यसले वास्वतमा बौरी उठ्नुमा विश्वास गर्छ भने, तब त्यसले कसरी अविश्वासिहरुको कथन येशू फेरी बौरी उठ्नु हुन्न भन्ने माथि कसरि "उदार" हुन सक्छ? एउटा मसीहको लागि परमेश्वरको वचनको स्पष्ट शिक्षालाई इन्कार गर्नु वास्तवमा परमेश्वरको साथ विश्वासघात गर्नु हो।
ध्यान दिनुहोस कि हामीले अहिले सम्मको हाम्रो उदाहरणहरुमा हाम्रो विश्वासको मूल सिद्धान्तहरुको उल्लेख गरेका छन। केहि कुरा (जस्तै येशूको शरीरमा बौरी उठ्नु) को साथ कुनै तरिकाको पनि समझौता हुन सक्दैन। अन्य कुराहरु वाद-विवादको लागि खुल्ला हुन सक्छ जस्तै कि कसैले हिब्रूको पत्रलाई लेखेको छ वा पावलको "शरीरमा कांडा" को स्वभाव आदि। हामीले कम महत्वपूर्ण विषयहरुको माथि विवादहरुमा फँस्नबाट बच्नु पर्छ (2 तिमोथी 2:23; तितस 3:9)।
यहाँ सम्म जब मुख्य धर्मसिद्धान्तहरुलाई लिएर वाद-विवाद/वार्तालाप गरिन्छ, मसीहहरुलाई संयमको अभ्यास गर्नु र सम्मान देखाउनु पर्छ। कुनै एउटा दृष्टिकोणलाई लिएर असहमत हुनु एउटा कुरा हो; कुनै दोस्रो व्यक्तिको अपेक्षा गर्न एउटा अर्को कुरा हो। हामीले सत्यलाई राम्रोसँगले थामी राख्नु हो जब कि त्यी मानिसहरुलाई दया देखाउनु जसले यसको प्रति प्रश्न गर्दछन। येशूको जस्तै, हामीलाई अनुग्रह र सत्य दुबैले भरिएको हुनु पर्दछ (यूहन्ना 1:14)। पत्रुसले एउटा राम्रो संतुलनले उत्तर दिने र नम्रता हुनेमा जोड दिएको छन: " तिमीहरू प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरूसँग, भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।" (1 पत्रुस 3:15)।
English
के ख्रीष्टियनहरुलाई अन्य धार्मिक मान्यताहरुको प्रति सहनशील हुनु पर्दछ?