settings icon
share icon
प्रश्न

के सर्वमुक्तिवाद/विश्वव्यापी मुक्ति बाइबल आधारित हो?

उत्तर


सर्वमुक्तिवाद एउटा यस्तो मान्यता हो जसको अनुसार सबै बचाइने छन। आज धेरै यस्ता मानिसहरु छन् जो सर्वमुक्तिवादी उद्धारलाई मान्दछन र विश्वास गर्दछन कि सबै मानिसहरु अन्तमा स्वर्गमा नै जाने छन्। शायद यो त्यो पुरूष र स्त्रीहरुको विचार हो जो कि नरकको अनन्त पीड़ामा जीवन व्यतीत गरि रहेको छन् जसको कारण केहि मानिस यस विषय माथि पवित्र शास्त्रको शिक्षालाई इन्कार गरि दिन्छन। केहि मानिसहरुको लागि यो परमेश्वरको प्रेम र दया माथि धेरै-जोड दिएको छ– र परमेश्वरको न्याय र धार्मिकतालाई अन्देखा गर्नु– जो उहाँको मार्गदर्शन यस विश्वासको तर्फ गर्छ कि परमेश्वरले प्रत्येक जीवित प्राणीको माथि आफ्नो दया गर्नुहुन्छ। तर पवित्र शास्त्रले यो शिक्षा दिन्छ कि केहि मानिस नरकमा अनन्तकालको लागि जीवन व्यतीत गर्ने छन्।

सर्वप्रथम, बाइबलले स्पष्ट गर्दछ उद्धार नपाएका मानिस सदैवकालको लागि नरकमा रहने छन। येशूको आफ्नो शब्दले यस कुराको पुष्टि गर्दछ कि स्वर्गमा छुटकारा पाएकाहरुद्वारा व्यतीत गरिएको समय ठीक तेतिनै हुन्छ जति नरकमा उद्धाररहित मानिसहरुको हुन्छ। मत्ती 25:46 ले भन्दछ कि, "त्यसपछि ती [उद्धाररहित] दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन प्राप्त गर्न जानेछन्।" यस वचन अनुसार, उद्धाररहित मानिसहरुको लागि सजाय ठीक त्यसतै नै अनन्तकालीन हुनेछ जस्तो धर्मीहरुको लागि जीवनको। कोहि यस्तो पनि विश्वास गर्छन कि नरकमा जुन मानिसहरु हुनेछन अन्तमा उनीहरुको अस्तित्व नै समाप्त हुनेछ, तर प्रभु स्वयंले पुष्टि गर्नु हुन्छ कि उनीहरुको सदैवको लागि त्यहाँ निर बनि रहने छन। मत्ती 25:41 र मर्कुस 9:44 ले नरकको विवरण "अनन्तकालको आगो" र "न निभ्ने आगो" सँग गर्दछ।

कसरी एउटा व्यक्तिले एउटा ननिभ्ने आगो बाट बच्न सक्छ? धेरै मानिसहरु ले यो विश्वास गर्दछन कि सबै मार्ग – सबै धर्म र मान्यताहरु– स्वर्ग तर्फ लिएर जान्छ, वा उनीहरुले यो मान्छन कि परमेश्वर यति धेरै प्रेम र दयाले भरिएको हुनुहुन्छ कि उहाँले सबै मानिसलाई स्वर्ग जाने अनुमति दिनुहुन्छ। निश्चित रूपमा परमेश्वर प्रेम र दया ले भरिएको हुनुहुन्छ; उहाँको यही गुणहरु थिए जसको कारण उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई, हाम्रो लागि यस पृथ्वीमा क्रूसको माथि मर्नको लागि दिनुभयो। येशू ख्रीष्ट नै केवल एक ढोका हुनुहुन्छ जो कि स्वर्गमा अनन्तकालको तर्फ मार्गदर्शन दिनुहुन्छ। प्रेरित 4:12 ले भन्दछ कि, "येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ" "परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशू ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ।" (1 तिमोथी 2:5)। यूहन्ना 14:6, येशू ले भन्नु भयो, "म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।" यूहन्ना 3:16, "किनभने परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। ता कि उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।" यदि हामीले परमेश्वरको पुत्रलाई इन्कार गर्न चुन्छौं भने, तब हामीले उद्धारलाई प्राप्त गर्नको शर्तहरुलाई पूरा गर्दैनौं (यूहन्ना 3:16, 18, 36)।

यी वचनहरुको साथ, यो स्पष्ट हुन्छ कि सर्वमुक्तिवाद र विश्वव्यापी उद्धार बाइबल आधारित मान्यताहरु होइनन। सर्वमुक्तिवाद एकदम सीधा जुन पवित्र शास्त्रले शिक्षा दिन्छ, त्यसको विरोधमा छ। जब कि अन्य मानिस मसीहहरुलाई असहनशील हुने र "विशेष" तर्कवाक्यहरुमा विश्वास राख्नको लागि दोष दिन्छ, यो स्मरण राख्नु महत्वपूर्ण छ कि यो ख्रीष्टले स्वयं भनेका शब्द हुन। मसीहहरुले यी विचारहरुलाई स्वयंबाट विकसित गरेको होइन; ख्रीष्टियनहरुले त केवल त्यही भनेका छन जो पहिले बाट प्रभुले भन्नुभयो। मानिस यस सन्देशलाई इन्कार गर्छन किनकी उनीहरुले आफ्नो पापहरुको सामना गर्न चाहँदैनन् र न स्वीकार नै गर्न चाहन्छन कि उनीहरुलाई बचाउनको लागि प्रभुको आवश्यकता छ। यो भन्नु कि त्यो जो उद्धारको लागि उहाँको पुत्रद्वारा मुक्ति दिन गरिएको प्रबन्धलाई इन्कार गर्नेहरु बचाइने छ उहाँको पवित्रता र परमेश्वरको न्यायलाई कम आंकनु हो र येशूले हाम्रो बदलामा दिएको बलिदानको आवश्यकतालाई नकरनु हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के सर्वमुक्तिवाद/विश्वव्यापी मुक्ति बाइबल आधारित हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries