settings icon
share icon
प्रश्न

ख्रीष्टियन भनेको के हो?

उत्तर


अंग्रेजी शब्दकोषले ख्रीष्टियन शब्दको व्याख्या यसरी गरेको छः "जो व्यक्ति प्रभुको रूपमा येशूको प्रतिज्ञामा विश्वास गर्छ अथवा येशूको शिक्षामा आधारित धर्ममा आस्था राख्छ"। यो एउटा असल सुरुवातको संकेत हो, अरू शब्दकोषले जस्तै यसले पनि बाइबलीय सत्यताअनुसार ख्रीष्टियन शब्दलाई व्याख्या गर्न चुकेको छ। “ख्रीष्टियन” शब्द नयाँ नियम (करार) मा ३ पटक प्रयोग गरिएको छ (प्रेरित ११:२६; २६:२८; १ पत्रुस ४:१६)। येशू ख्रीष्टका चेलाहरूलाई सबभन्दा पहिला एन्टिओखियामा “ख्रीष्टियन” भनिएको हो (प्रेरित ११:२६), उनीहरूको व्यवहार, कार्य र बोली ख्रीष्टजस्तो भएको हुनाले। “ख्रीष्टियन” शब्दको खास अर्थ “ख्रीष्टमा सम्बन्धित” हुनु वा “ख्रीष्टको पछि लाग्नु हो।”

समय बित्दैजाँदा ख्रीष्टियन शब्दको महत्व धेरै घट्दैगएको छ। यो कसैले बारम्बार प्रयोग गर्छन्, जो धार्मिक र उच्च नैतिकवान हुन्छन् तर येशू ख्रीष्टको साँचो चेला हुन वा नहुन पनि सक्छन्। धेरै मानिसहरूले येशू ख्रीष्टमा भरोसा र विश्वास गर्दैनन्, तिनीहरूले पनि आफूलार्इ ख्रीष्टियन भन्छन् किनभने तिनीहरू मण्डली (चर्च) मा जान्छन् वा “ख्रीष्टियन“ देशमा बस्छन्। तर मण्डली (चर्च) मा गएर, तपाईंभन्दा कमजोरको सेवा गरेर वा राम्रो मान्छे भएर मात्र तपाईं ख्रीष्टियन बन्न सक्नुहुन्न। जसरी ग्यारेज जाँदैमा सवारीसाधन बनाउन सक्नु हुदैन मण्डली (चर्च) गएर मात्र कुनै एकजना ख्रीष्टियन बन्दैन। मण्डली (चर्च) को सदस्य भएर, लगातार सेवामा उपस्थित भएर र चर्चको काममा सहयोग दिएर मात्र तपाईं ख्रीष्टियन बन्न सक्नुहुन्न।

बाइबलले हामीलाई सिकाउँछ कि असल कामहरूले हामीलाई परमेश्वरमा स्वीकारयोग्य बनाउन सक्दैन। तितस ३:५ ले भन्दछ, "तब हामी आफैंले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो।” त्यसकारण ख्रीष्टियन त्यो व्यक्ति हो, जो परमेश्वरद्वारा फेरि जन्मेको छ (युहन्ना ३:३; ३:७; १ पत्रुस १:२३) र आफ्नो विश्वास र भरोसा येशू खीष्टमा राखेको छ। एफिसी २:८ ले भन्दछ, "किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ - र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो।"

साँचो ख्रीष्टियन त्यो व्यक्ति हो, जसले येशू ख्रीष्टको व्यक्तित्वमा भरोसा र विश्वास गर्छ कि उहाँ हाम्रो पापको ज्याला तिर्न क्रुसमा मर्नुभयो, तेश्रो दिनमा बौरिउठ्नुभयो र मृत्युमाथि विजय प्राप्त गर्नुभयो। युहन्ना १:१२ ले भन्दछ, "तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरुलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।” साँचो ख्रीष्टियनको चिन्ह अरूलाई प्रेम गर्नु र परमेश्वरको वचनमा भरोसा राख्नु हो (१ युहन्ना २:४, १०)। साँचो ख्रीष्टियन वास्तवमा परमेश्वरको सन्तान, परमेश्वरको साँचो परिवारको हिस्सा र ख्रीष्टद्वारा नयाँ जीवन पाएको व्यक्ति हो।

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

ख्रीष्टियन भनेको के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries