settings icon
share icon
प्रश्न

हामीले किन बाइबल पढ्नु/अध्ययन गर्नुपर्दछ?

उत्तर


हामीले बाइबल पढ्नुपर्छ र अध्ययन गर्नु पर्छ किनभने यो हाम्रो लागि परमेश्वरको वचन हो। शाब्दिकरुपमा बाइबल “परमेश्वरको प्रेरणाबाट भएको हो” (२ तिमोथी ३:१६)। अर्को शब्दमा, यो हाम्रो लागि परमेश्वरकै वचन हो। त्यहाँ दर्शनशास्त्रीहरुले सोधेका थुप्रै प्रश्नहरु छन् जसद्वारा परमेश्वरले हाम्रो लागि धर्मशास्त्रमा जवाफ दिनुभएको छ। जीवनको उद्धेश्यचाहिँ के हो? म कहाँबाट आएँ? के त्यहाँ मृत्युपछि पनि जीवन छ? म कसरी स्वर्ग जान सक्छु? संसार किन दुष्टताले भरिएको छ? असल गर्नलाई मैले किन संघर्ष गर्नुपर्दछ? यस्ता “ठूला” प्रश्नहरुबाहेक, बाइबलले त्यस्ता क्षेत्रहरुमा एकदमै व्यवहारिक अर्तीहरु दिँदछ जस्तै: जीवन साथीमा मैलै कुन कुरा खोज्नु त? मैले कसरी एउटा सफल विवाह जिउन सक्छु? म कसरी एउटा असल मित्र बन्न सक्छु? म कसरी एउटा असल अविभावक बन्न सक्छु? सफलता के हो र यसलाई मैले कसरी प्राप्त गर्नु सक्छु? म कसरी परिवर्तन हुन सक्छु? जीवनमा साँच्चै कुन कुराको महत्व हुँदछ? मैले पछुताउनु नपर्ने गरी कसरी जिउन सक्छु? जीवनका अनुचित परिस्थितिहरु र नराम्रा घटनाहरुलाई मैले कसरी विजयीपूर्वक सम्हाल्न सक्छु?

हामीले बाइबल पढ्नु र अध्ययन गर्नुपर्दछ किनभने यो पूर्णरुपले भरपर्दो र बिनात्रुटिको छ। बाइबल “मलाई विश्वास गर” मात्र भन्ने र कुनै नैतिक शिक्षा नदिने “पवित्र” भनौदा पुस्तकहरुमाझ एकदमै अनौंठो छ। बरु, हामीसँग यो कुराको जाँच गर्न सक्ने योग्यता छ जसले यसको सयौं विस्तृत भविष्यवाणीहरुको घोषणा गर्छ त्यसो जाँच हुन् सक्छ, यसमा लेखेको जस्तो एतिहासिक वृत्तान्तलाई जाँच्न सक्छ, र यस सम्बन्धित वैज्ञानिक तथ्यहरुको जाँच हुनुसक्छ। बाइबलमा त्रुटि छ भनेर भन्नेहरुले सत्यताप्रति तिनीहरुका कानहरुलाई बन्द राखेका छन्। येशूले एकपल्ट “तिम्रो पाप क्षमा भएको छ” अथवा “उठ, र तिम्रो ओछ्यान लिएर जाऊ” भन्नुमा कुनचाहिँ सजिलो प्रश्न हो भनेर सोध्नुभयो। उहाँसंग पापलाई क्षमा गर्ने सामर्थ छ (जसलाई हामीले हाम्रो आँखाले देख्न सक्दैनौं) भनेर उहाँले साबित गरिदिनुभयो एकजना पक्षघातीलाई चंगाई गर्नुभएर (उहाँका वरिपरि भएकाहरुले आफ्नै आँखाले जाँच गर्न सक्दथे)। त्यसरी नै, परमेश्वरको वचन सत्य छ भनेर हामीलाई विश्वस्त पार्दछ जब यसले त्यस्तो आत्मिकी क्षेत्रहरुको छलफल गर्दछ जसलाई एतिहासिक परिशुद्धता, वैज्ञानिक परिशुद्धता र अगमवाणीय परिशुद्धता जस्ता हामीले जाँच गर्न सक्ने ती क्षेत्रहरुमा यसलाई सत्य ठहराउँदै हामीले हाम्रा ज्ञानसँग जाँच गर्न सक्दैनौं।

हामीले बाइबल पढ्नुपर्छ र अध्ययन गर्नुपर्छ किनभने परमेश्वर बद्लनु हुन्न र मानिसजातिको स्वभाव नबद्लिएकोले गर्दा; यो हाम्रो लागि त्यतिकै प्रासंगिक छ जस्तो यो यसलाई लेखिएको समयमा थियो। जब प्रविधिकरण बदलिन्छ, मानिसजतिको स्वभाव र इच्छा बद्लिन्दैन। जसै हामी बाइबलीय इतिहासका पृष्ठहरु पढ्छौं, हामी पाउँदछौं कि हामीले नयाँ–नयाँ सम्बन्धहरु अथवा समाजहरुको विषयमा कुरा गरे तापनि, “सूर्यमुनि त्यहाँ कुनै नयाँ कुरो छैन” (उपदेशक १:९)। र समग्रमा जसै मानिसजातिले सबै गलत स्थानहरुमा प्रेम र सन्तुष्टि खोज्दछ, हाम्रा असल र महिमामय सृष्टिकर्ता— परमेश्वरले— कुन कुराले हामीमा अनन्त आनन्द ल्याउँदछ भनेर हामीलाई भन्नुहुन्छ। उहाँद्वारा प्रकट गरिएको वचन, बाइबल, यति महत्वपूर्ण छ कि येशू आफैले यसको बारेमा यसरी भन्नुभयो, “मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ” (मत्ती ४:४)। अर्को शब्दमा, यदि हामी परमेश्वरले इच्छा गर्नुभए जस्तै, पूर्णरुपले जीवन जिउन चाहन्छौं भने, हामीले परमेश्वरको लिखित वचनलाई सुन्नै पर्दछ र ध्यान दिनै पर्दछ।

हामीले बाइबल पढ्नुपर्छ र अध्ययन गर्नुपर्छ किनभने त्यहाँ धेरै झूटा शिक्षाहरु छन्। बाइबलले हामीलाई नाप्ने छडी दिन्छ जसद्वारा हामीले त्रुटिबाट सत्यतालाई छुट्याउन सक्दछौं। यसले हामीलाई परमेश्वर कस्तो हुनुहुन्छ भनेर भन्दछ। परमेश्वरमा गलत विचार हुन्को कारण कुनै मुर्ति वा झुठो ईश्वरको आराधना गर्नु हो। हामीहरुले यस्तो वस्तुको आराधना गरि रहेको छौँ जुन आफैमा केही पनि होइन। बाइबलले हामीलाई साँच्चै कसरी स्वर्गमा जान सकिन्छ भनेर भन्दछ, र यो असल भएर अथवा बप्तिस्मा लिएर, अथवा हामीले गरेका अरु कुनै कामद्वारा हुँदैन (यूहन्ना १४:६; एफिसी २:१-१०; यशैया ५३:६; रोमी ३:१०-१८, ५:८, ६:२३, १०:९-१३)। यस हरफ सँगसंगै, परमेश्वरले हामीलाई कति प्रेम गर्नुहुन्छ भनेर परमेश्वरको वचनले हामीलाई देखाउँदछ (रोमी ५:६-८; यूहन्ना ३:१६)। र यो थाहा भए पछि हामी पनि यसको बदलामा उहाँलाई प्रेम गर्छौं (१ यूहन्ना ४:१९)।

बाइबलले हामीलाई परमेश्वरको सेवा गर्नलाई तयार पार्दछ (२ तिमोथी ३:१७; एफिसी ६:१७; हिब्रू ४:१२)। यसले हामीलाई हाम्रा पापहरुबाट र यसको अन्तिम प्रतिफलबाट कसरी बाँच्नु भनेर बुझ्नलाई सहायता गर्दछ (२ तिमोथी ३:१५)। परमेश्वरको वचनमा ध्यान दिनाले र यसका शिक्षाहरुलाई पालन गर्नाले जीवनमा सफलता ल्याउनेछ (यहोशू १:८; याकूब १:२५)। परमेश्वरको वचनले हामीलाई हाम्रा जीवनका पापहरु देख्न र यसबाट छुटकारा पाउन सहायता गर्दछ (भजन संग्रह ११९:९,११)। यसले हामीलाई जीवनमा निर्देशन गर्छ, हामीलाई हाम्रो शिक्षक भन्दा बुद्धिमान बनाउछ (भजन संग्रह ३२:८, ११९:९९; हितोपदेश १:६)। बाइबलले हाम्रो जीवनमा ती वस्तुहरुमा समय व्यर्थ गर्नु बाट बचाउद छ जसको कुनै अर्थ छैन वा सधै भरि रही रहदैन।

बाइबलको अध्ययन र पठन गराईले पापपूर्ण परिक्षाहरुमा आकर्षक “पासो” देखि लिएर दुखमय “अङ्कुसे” पछिका कुराहरु देख्न सहायता गर्दछ ताकि हामीले आफै गल्ती गर्नुभन्दा अरुहरुको गल्तीबाट सिक्न सक्दछौं। अनुभव एउटा महान् शिक्षक हो, तर जब पापबाट सिक्ने कुरा आउँदछ, यो साह्रै कठोर शिक्षक बन्दछ। अरुहरुको गल्तीहरुबाट सिक्नुचाहिँ साह्रै असल हुँदछ। बाइबलका यति धेरै चरित्रहरुबाट सिक्न सकिन्छ, जसमध्ये केहीले त तिनीहरुको जीवनकालका विभिन्न समयमा सकरात्मक र नकरात्मक दुबै भूमिकामा सेवा गर्दछन्। उदाहरणको लागि, दाऊदले गोल्यातमाथिको तिनको विजयबाट हामीले सामना गर्नलाई उहाँले भन्नुभएको सबैकुरा भन्दा परमेश्वर महान् हुनुहुन्छ भनेर हामीलाई सिकाउँदछ (१ शमूएल १७), जबकि बेथसेबासँग व्यभिचारमा परेका कुराले एकक्षणको पापमय सुःखको प्रतिफल कति लामो र डरलाग्दो हुन्छ (२ शमूएल ११) भनेर प्रकट गर्दछ।

बाइबल एउटा त्यस्तो पुस्तक हो, जुन केवल पढ्नको लागिमात्र होइन। योचाहिँ अध्ययन गर्नुपर्ने पुस्तक पनि हो ताकि यसलाई लागु गर्न सकियोस्। नत्रता, यो नचपाइकन खाना निलेपछि फेरि बान्ता गरेको जस्तै हुन्छ— यसबाट कुनै पौष्टिक कुराहरु प्राप्त हुँदैन। बाइबल परमेश्वरको वचन हो। यसर्थ, यो प्रकृतिको नियमजस्तै नियमबद्ध छ। हामीले यसलाई वेवास्ता गर्न सक्दछौं, तर हाम्रो आफ्नै हानीको लागि त्यसो गर्छौं, ठीक त्यस्तै गरि जसरी यदि हामी गुरुत्वाकर्षणको नियमको वेवास्ता गर्दछौं। हाम्रा जीवनहरुमा बाइबल कति महत्वपूर्ण छ भनेर कठोररुपमा जोड दिन सकिदैन। बाइबल अध्ययनलाई सुनको खानीसँग तुलना गर्न सकिन्छ। यदि हामी अलिकतामात्र कोशिष गर्छौं भने “नदी को सानो-सानो ढुंगाहरु लाई छाने जस्तो,” हामीले अलिकता सुनको धूलो मात्र भेट्टाउँछौं। तर यसलाई भेट्टाउन जति बेसी प्रयत्न हामी गर्दछौं, हाम्रो प्रयत्नको लागि हामीले अझ धेरै पुरस्कार पाउनेछौं।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

हामीले किन बाइबल पढ्नु/अध्ययन गर्नुपर्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries