बाइबलको पुस्क्तहरुलाई कहिले र कसरी एकैसाथमा राखेर नियमीकृत गरियो?



प्रश्न: बाइबलको पुस्क्तहरुलाई कहिले र कसरी एकैसाथमा राखेर नियमीकृत गरियो?

उत्तर:
“क्यानोन” शब्दचाहिँ त्यस्ता पुस्तकहरुलाई वर्णन गर्नको लागि प्रयोग गरिएको हो जुनहरु स्वर्गीय प्रेरणाद्वारा लेखिएका छन् र यसैले यो बाइबलसँग सम्बधित छ। बाइबलीय क्यानोनलाई निर्धारण गर्नलाई आउने कठीनाइचाहिँ त्यो हो कि बाइबलकै पुस्तकहरु हुन् भन्ने सूचि बाइबलले हामीलाई दिँदैन। मापदण्डलाई निर्धारित गर्ने प्रक्रिया पहिले यहूदी शास्त्रीहरु र विद्धवानहरु र त्यस पछि आरम्भिक ख्रीष्टियनहरुद्वारा संचालित गरिएको थियो। आखिरमा, बाइबलीय क्यानोनको पुस्तकहरु कुन-कुन हुन् भनेर निर्णय गर्ने परमेश्वर नै हुनुहुन्छ। परमेश्वरद्वारा लेखिएको लागि प्रेरणा दिइएकै क्षणबाट धर्मशास्त्रको एउटा पुस्तक क्यानोनमा पर्दथ्यो। बाइबलमा कुन-कुन पुस्तकलाई समावेश गरिनुपर्दछ भन्ने त परमेश्वरद्वारा गरिएको उहाँका मानव अनुयायीहरुलाई विश्वस्त पार्ने एउटा विषयमात्र हो।

नयाँ करारसँग तुलना गर्दा, पूरानो करारको क्यानोनमा त्यहाँ एकदमै कममात्रामा विवादहरु भएको थियो। हिब्रू विश्वासीहरुले परमेश्वरका सन्देशवाहकहरुलाई चिन्दथे अनि तिनीहरुको लेखहरुलाई परमेश्वरबाटको प्रेरणाको रुपमा ग्रहण गर्दथे। पूरानो करारको सम्बन्धमा त्यहाँ इन्कार गर्न नसकिने केही बहसहरु भए तापनि, सन् २५० सम्म हिब्रू धर्मशास्त्रको क्यानोनमा त्यहाँ लगभग विश्वव्यापी सहमति भएको थियो। रहेको एउटैमात्र विषय चाहिँ आजसम्म निरन्तर भइरहेको केही बहस र छलफलसहितको अप्रमाणिक पुस्तक थियो। हिब्रू विद्वानहरुको ठूलो समूहले “अपोक्रिफा” लाई असल एतिहासिक र धार्मिक प्रलेखको रुपमा मानिलिएका थिए, तर हिब्रू धर्मशास्त्रकै स्तरमा भने होइन।

नयाँ करारको लागि, पुस्तकहरुलाई चिन्ने र संग्रह गर्ने प्रक्रृया ख्रीष्टियन मण्डलीको पहिलो शताब्दीमा शुरु भयो। शुरुवाती कालमा, नयाँ करारका केही पुस्तकहरुलाई चिनिएको थियो। पावलले लूकाको पुस्तकलाई पूरानो करारजतिकै अधिकारयुक्त भनी मानिलिएका थिए (१ तिमोथी ५:१८; व्यवस्था २५:४ र लूका १०:७ लाई पनि हेर्नुहोस्)। पत्रुसले पावलका पत्रहरुलाई धर्मशास्त्रको रुपमा मान्यता दिए (२ पत्रुस ३:१५-१६)। नयाँ करारका केही पुस्तकहरुलाई मण्डलीहरुमाझ फैलाइएको थियो (कलस्सी ४:१६; १ थेसलोनिकी ५:२७)। रोमका क्लेमेन्ट ले कम से कम आठओटा नयाँ करारका पुस्तकहरुलाई उल्लेख गरे (सन् ९५)। अन्ताकियाका इग्रेशियस ले करीब सातओटा पुस्तकहरुलाई स्वीकृति दिए (सन् ११५)। प्रेरित यूहन्नाका चेला, पोलिकार्प ले १५ ओटा पुस्तकहरुलाई स्वीकृति दिए (सन् १०८)। पछि गएर, ईरेनियुस ले २१ ओटा पुस्तकहरुको उल्लेख गरे (सन् १८५)। हिपोलेटुस ले २२ ओटा पुस्तकहरुलाई मान्यता दिए (सन् १७०-२३५)। सबैभन्दा धेरै विवादमा पर्ने नयाँ करारका पुस्तकहरुमा हिब्रू, याकूब, २ पत्रुस, २ यूहन्ना र ३ यूहन्ना थिए।

पहिलो “क्यानोन” चाहिँ मुरातोरीयन क्यानोन थिए, जुन सन् १७० मा संकलन गरिएको थियो। मुरातोरीयन क्यानोनमा हिब्रू, याकूब र ३ यूहन्ना बाहेक नयाँ करारका सबै पुस्तकहरु समावेश थियो। सन् ३६३ मा, लौदीकियाका परिषद्ले उल्लेख गरे कि मण्डलीहरुमा पूरानो करार (अपोक्रीफा पुस्तकसहित) र नयाँ करारका २७ पुस्तकहरुलाई मात्र पढ्निुपर्दथ्यो। हिप्पोका परिषद् (सन् ३९३) र कारथेजको परिषद् (सन् ३९७) ले पनि प्रमाणिकरुपमा तिनै २७ पुस्तकहरुलाई नै पुष्टि गरिदिए।

नयाँ करारका पुस्तकहरु पवित्र आत्माद्वारा साँच्चै प्रेरित भएको थियो कि थिएन भनेर निर्धारण गर्नलाई परिषद्हरुले निम्नलिखित सिद्धान्तहरुको केही मिल्दोजुल्दो कुराहरुलाई पालन गरे: १) के लेखन एकजना प्रेरित थिए अथवा कुनै प्रेरितसँग नजीकको सम्बन्धमा थिए? २) के पुस्तकलाई ख्रीष्टको शरीरले मुक्तरुपमा ग्रहण गरिदछ? ३) के पुस्तकमा सिद्धान्तको निरन्तरता र परम्परावादी शिक्षाहरु थिए? ४) के पुस्तकमा पवित्र आत्माको कामलाई प्रतिबिम्वित गर्ने उच्च नैतिकताको प्रमाण र आत्मिकी मुल्यहरु थियो? फेरि, मण्डलीले क्यानोनलाई निर्धारण नगरेको कुरोचाहिँ सम्झना गर्नको लागि पनि महत्वपूर्ण छ। कुनै पनि शुरुवाती मण्डलीका परिषद्ले क्यानोनको निर्णय गरेन। बाइबलमा कुनचाहिँ पुस्तक हुनुपर्दछ भनेर निर्णय गर्ने केवल परमेश्वरमात्र हुनुहुन्थ्यो। यो त उहाँले अघिबाटै आफ्ना चेलाहरुका लागि निर्णय गरिसक्नुभएको परमेश्वरद्वारा प्रदान गरिएको एउटा विषयमात्र थियो। बाइबलका पुस्तकहरुलाई संग्रह गर्ने मानिसको प्रक्रिया गलत थियो, तर परमेश्वरले, आफ्नो सार्वभौमतामा, र हाम्रो अज्ञानता र हठीपना बावजूद पनि शुरुवाती मण्डलीलाई उहाँका प्रेरणाद्वारा लेखिएका पुस्तकहरुलाई स्वीकार गर्न लगाउनुभयो।



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश



बाइबलको पुस्क्तहरुलाई कहिले र कसरी एकैसाथमा राखेर नियमीकृत गरियो?