settings icon
share icon
प्रश्न

के क्षमा प्राप्त गर्नुभएको छ? म कसरी परमेश्वरबाट क्षमा पाउन सक्छु?

उत्तर


प्रेरित १३:३८ ले भन्दछ, "यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस् कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्छ भन्ने घोषणा तपाईंहरूलाई गरिएको छ।"

क्षमा के हो र मलाई यसको किन आवश्यकता छ?

"क्षमा" शब्दको अर्थ सिला-पाटीलाई पुछेर सफा गर्नु, क्षमा गर्नु र ऋण हटाइदिनु हो। जब हामी कोहीप्रति केही गलत गर्दछौँ, तब हामी उसबाट क्षमा पाउने प्रयास गर्दछौँ ताकि हाम्रो सम्बन्ध पुन: स्थापित होस्। क्षमा यसकारण दिन सकिंदैन किनकी सबै व्यक्ति क्षमा प्राप्त गर्न योग्य छैन्। कोही पनी क्षमा प्राप्त गर्न योग्य छैनन्। क्षमा प्रेम, दया तथा अनुग्रहको कार्य हो। क्षमा दिनु एउटा यस्तो निर्णय हो, जसमा अरूको लागि आफ्नो मनमा केही पनि कुरा राखिनरहनु हो।

बाइबलले हामीलाई बताउँछ कि हामी सबैलाई परमेश्वरसँग क्षमा पाउन जरुरी छ। हामी सबैले पाप गरेका छौँ। उपदेशक ७:२० बताउँदछ, "संसारमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन।" १ युहन्ना १:८ भन्दछ, "यदि हामीमा पाप छैन भनी हामी भन्छौँ भनेता हामीले आफैलाई धोखा दिन्छौँ र हामीमा सत्य हुँदैन।" सबै पापहरू मुख्यतयाः परमेश्वरको विरुद्ध विद्रोह हो (भजनसग्रंह ५१:४)। फलस्वरूप हामीलाई परमेश्वरको क्षमाको आवश्यकता छ। यदि हाम्रो पाप क्षमा हुँदैन भने त हामीले अनन्तकालसम्म आफ्नो पापको परिणामको दु:ख भोगिरहनेछौँ (मत्ती २५:४६, युहन्ना ३:३६)।

क्षमा – मैले कसरी पाउन सक्छु?

धन्यवाद परमेश्वरलार्इ, उहाँ प्रेमी र दयालु हुनुहुन्छ –हाम्रो पापको क्षमा गर्न तयार हुनहुन्छ! २ पत्रुस ३:९ हामीलाई भन्दछ, "...तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान् हुनुहुन्छ।" परमेश्वरले हामीलाई क्षमा गर्न इच्छा राख्नुहुन्छ, यसकारण उहाँले हामीलाई क्षमा दिनुभएको हो।

हाम्रो पापको दण्ड केवल मृत्यु हो। रोमी ६:२३क ले बताउँछ, "किनकी पापको ज्याला मृत्यु हो... ।" हामीले आफ्नो पापको लागि अनन्त मृत्यु कमाएका छौँ। परमेश्वर उहाँको पूर्ण योजनाअनुसार मानिस – येशू ख्रीष्ट बन्नुभयो (युहन्ना १:१, १४)। येशू क्रुसमाथि हाम्रो दण्ड लिएर मर्नुभयो, जुन दण्डको लायक हामी थियौँ अर्थात् – मृत्यु। २ कोरिन्थी ५:२१ ले हामीलाई यो शिक्षा दिन्छ, "किनकी हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।” येशू क्रुसमाथि त्यो दण्डलाई लिएर मर्नुभयो, जसको लायक हामी थियौँ। परमेश्वरले येशूको मृत्युद्वारा समस्त संसारको पापको लागि क्षमा उपलब्ध गराउनुभयो। १ युहन्ना २:२ बताउँछ, "उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ र हाम्रा निम्ति मात्र होइन तर सारा संसारका पापका निम्ति पनि।" येशू मृत्युबाट बौरिउठ्नुभयो, पाप र मृत्युमाथि विजयको घोषणा गर्नुभयो (१ कोरिन्थी १५:१-२८)। परमेश्वरको स्तुति होस्, येशूको मृत्यु र पुनरुत्थानद्वारा रोमी ६:२३ को दोस्रो भाग सत्य भयो, "तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।"

के तपाईं आफ्नो पापको क्षमा चाहानुहुन्छ? के तपाईं पापी भावनाबाट सताइनुभएको छ ऱ यसबाट छुटकारा पाउनुभएको छैन? यदि तपाईंले येशू ख्रीष्टमा विश्वास राख्नुहुन्छ भने तपाईंको पापको लागि क्षमा उपल्बध छ। एफिसी १:७ ले भन्दछ, "उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रा पापको क्षमा पाउँछौँ।" येशूले हाम्रो पापको ऋण चुकाइदिनुभएको छ, यसकारण हामीले क्षमा पाएका छौँ। तपाईंले गर्नुपर्ने यो हो कि येशू ख्रीष्टको नाउँमा क्षमा मागी येशूको मृत्युमा विश्वास राख्नु- र उहाँले तपाईंलाई क्षमा दिनुहुनेछ। यूहन्ना ३:१६-१७ मा यो सुन्दर सन्देश मिल्दछ, "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।"

क्षमा – के यो प्राप्त गर्न सजिलो छ?

हो, यो सजिलै छ! तपाईंले परमेश्वरबाट क्षमा कमाउन सक्नुहुन्न। तपाईंले परमेश्वरले दिनुभएको क्षमाको मूल्य चुकाउन सक्नुहुन्न। तपाईं केवल यसलाई विश्वासको माध्यमद्वारा परमेश्वरको अनुग्रह तथा दयाद्वारा प्राप्त गर्न सक्नुहुन्छ। यदि तपाईंले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी स्वीकार गरेर परमेश्वरबाट आफ्नो पापको क्षमा चाहनुहुन्छ भने यो सरल प्रार्थना तपाईंले गर्न सक्नुहुन्छ। यो प्रार्थना गर्नाले वा अरू कुनै प्रार्थनाले तपाईंलाई बचाउन सक्दैन। येशू ख्रीष्टलाई विश्वास गरेर मात्र पापहरूको क्षमा पाइन्छ। यो प्रार्थना केवल तपाईंको विश्वासलाई प्रभुमा व्यक्त गर्न र तपाईंलाई क्षमा दिनुभएकोमा धन्यवाद चढाउन होः “प्रभु, म जान्दछु कि मैले तपाईंको विरुद्धमा पाप गरेको छु र सजायँ पाउने योग्यको छु। तर येशू ख्रीष्टले त्यो सजाय भोग्नुभयो, जसको म योग्य थिएँ, ताकि उहाँमा विश्वास गरेर मेरो क्षमा हुन सकोस्। मुक्तिको लागि म मेरो भरोसा तपाईंमा राख्दछु। तपाईंको अचम्मको अनुग्रह र क्षमादानको निम्ति तपाईंलाई धन्यवाद! आमिन!”

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के क्षमा प्राप्त गर्नुभएको छ? म कसरी परमेश्वरबाट क्षमा पाउन सक्छु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries