प्रभु-भोज/ख्रीष्टियन सहभागिताको महत्वचाहिँ के हो?



प्रश्न: प्रभु-भोज/ख्रीष्टियन सहभागिताको महत्वचाहिँ के हो?

उत्तर:
प्रभु-भोजको अध्ययनचाहिँ यसमा भएको गहन अर्थको कारण हृदयमा हलचल मचाउने खालको अनुभव हुँदछ। योचाहिँ पूरानो समयमा मनाइने निस्तार चाड थियो जसलाई येशूले आफ्नो मृत्युको ठीक अघि एउटा विशेष भोजको नयाँ संगतिको रुपमा स्थापित गर्नुभयो जसलाई हामी आजसम्म पालन गर्छौं। यो ख्रीष्टियन आराधनाको एउटा अभिन्न अंग हो। यसले हामीलाई प्रभुको मृत्यु र पुनरुत्थानको स्मरण गराउँदछ र भविष्यमा उहाँको महिमित आगमनको प्रतिक्षा गराउँदछ।

निस्तार चाडचाहिँ यहूदी धार्मिक वर्षको सबैभन्दा पवित्र पर्व हुने गर्दथ्यो। यसले मिश्रमा आएको अन्तिम महामारीको स्मरण गराउँथ्यो जहिलेचाहिँ मिश्रीहरुका पहिला जन्मेकाहरु मरेका थिए र आफ्ना दैलोहरुमा छर्किएको पाठोको रगतको कारण इस्राएलीहरुलाई छोडिएको थियो। त्यसपछि पाठोलाई पोलेर खमीर नहालिएको रोटीसँग खाइएको थियो। परमेश्वरको आज्ञाचाहिँ त्यो थियो कि आउने सबै पुस्ताहरुले त्यस चाडलाई मनाउनु पर्नेथियो। यस कथालाई प्रस्थान १२ मा अभिलेख गरिएको छ।

अन्तिम भोजको अवधिमा— जुनचाहिँ निस्तार चाडको उत्सव थियो— येशूले रोटी लिएर परमेश्वरलाई धन्यबाद दिनुभयो। जसै उहाँले रोटीलाई भाँचेर आफ्ना चेलाहरुलाई दिनुभयो, उहाँले भन्नुभयो, “तिमीहरुका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर। यसै गरी खाइसक्नु भएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा तिमीहरुका निम्ति बहाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो” (लूका २२:१९–२०)। एउटा भजन गाएर उहाँले भोजलाई समाप्त गर्नुभयो (मत्ती २६:३०), र त्यस रात उहाँहरु जैतुनको डाँडामा जानुभयो। भविष्यवाणी गरिए जस्तै, त्यही नै यहूदाबाट येशूलाई धोका दिइयो। अर्को दिन उहाँलाई क्रूसमा टाँगियो।

प्रभु-भोजको विवरणहरु सुसमाचारहरुमा पाइन्छ (मत्ती २६:२६-२९; मर्कूस १४:१७-२५; लूका २२:७-२२ र यूहन्ना १३:२१-३०)। प्रभु-भोजको सम्बन्धमा पावल प्रेरितले १ कोरिन्थी ११:२३-२९ मा लेखेका छन्। पावलले सुसमाचारहरुमा नपाइने विवरणलाई सामेल गरेका छन्: “यस कारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ, कि प्रभुको कचौराबाट पिउँछ, त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ। हरेक मानिसले आफूलाई जाँचोस्, र मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्” (१ कोरिन्थी ११:२७-२९)। “अयोग्य रीतिले” प्रभु-भोजमा सहभागी हुनु भनेको अर्थचाहिँ के हो भनेर हामीले सोध्न सक्दछौं। यसको अर्थचाहिँ रोटी र कचौराको साँचो अर्थलाई अनादार गर्नु र हाम्रो उद्धारको लागि हाम्रा उद्धारकर्ताले तिर्नुभएको विशाल मूल्यलाई बिर्सनु भन्ने हुनसक्दछ। अथवा यसको अर्थ उत्सवलाई निष्क्रिय र औपचारिक संस्कार बनाउनु अथवा पश्चाताप नगरिएको पापसँग प्रभु-भोजमा आउनुभन्ने पनि हुन सक्दछ। पावलको निर्देशनलाई पालन गर्दै, रोटी खान र कचौराबाट पिउन अघि हामीले आफैलाई जाँच गर्नुपर्दछ।

सुसमाचारहरुमा समावेश भनएको पावलले दिएको अर्को विवरणचाहिँ यो हो कि “किनभने जहिले-जहिले तिमीहरु यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरु प्रभुको मृत्युको घोषणा गर्दछौ” (१ कोरिन्थी ११:२६)। यसलेचाहिँ उत्सवमा हाम्रा प्रभु नआउञ्जेल भनेर— एउटा समयसीमालाई तोकिदिएको छ। यस्ता स-साना विवरणहरुबाट येशूले कसरी दुईओटा तुच्छ तत्वहरुलाई उहाँको शरीर र रगतको चिह्नको रुपमा प्रयोग गर्नुभयो र तिनीहरुलाई आफ्नो मृत्युको एउटा स्मरण बन्नको लागि स्थापित गर्नुभयो भन्ने कुरा हामी सिक्दछौं। यो कुनै संगमर्मर अथवा पित्तलमा कुँदिएको स्मारक थिएन, तर यो त रोटी र दाखमद्यको स्मारक थियो।

उहाँले रोटीलाई उहाँको शरीरको रुपमा बताउनुभयो जसलाई भाँचिनुपर्दथ्यो। त्यहाँ कुनै भाँचिएको हड्डी थिएन, तर उहाँको शरीरलाई यति नराम्रोगरि यातना दिइयो कि त्यसलाई चिन्न पनि मुश्किल पर्यो (भजन २२:१२-१७; यशैया ५३:४-७)। उहाँले चाँडै नै अनुभव गर्न लाग्नुभएको दुखमय मृत्युको संकेत गर्दै दाखमद्यलाई उहाँको रगतकोरुपमा बताइएको छ। उहाँ, परमेश्वरका सिद्ध पुत्र, एकजना उद्धारकर्ताको सम्बन्धमा पूरानो करारका अनगिन्ती भविष्यवाणीहरुको पूर्णता बन्नुभयो (उत्पति ३:१५; भजन २२; यशैया ५३)। जब उहाँले “मेरो सम्झनामा यो गर्ने गर” भनेर भन्नुभयो, उहाँले योचाहिँ एउटा त्यस्तो उत्सव हो जसलाई भविष्यमा पनि निरन्तरता दिइरहनु पर्दछ भनेर संकेत गर्दै हुनुहुन्थ्यो। यसले यो पनि संकेत गर्दथ्यो कि एउटा थुमाको मृत्युको आवश्यक पर्ने निस्तार चाड र संसारको पाप उठाई लैजाने परमेश्वरको थुमाको आगमनको प्रतिक्षाचाहिँ प्रभु-भोजमा पूरा भएको थियो। नयाँ वाचाले पूरानो वाचालाई बदली गरिदिए जहिलेचाहिँ निस्तार-चाडको थुमा, ख्रीष्ट (१ कोरिन्थी ५:७) लाई बलिदान दिइयो (हिब्रू ८:८-१३)। अब उसो बलिदान चढाउने आवश्यकता परेन (हिब्रू ९:२५-२८)। प्रभु-भोजचाहिँ/ख्रीष्टियन सहभागिता ख्रीष्टले हाम्रो निम्ति के गर्नुभयो भन्ने कुराको एउटा सम्झना र उहाँको बलिदानको परिणाम स्वरुप हामीले प्राप्त गरेका कुराको एउटा उत्सव हो।



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश



प्रभु-भोज/ख्रीष्टियन सहभागिताको महत्वचाहिँ के हो?