settings icon
share icon
प्रश्न

उध्दारको लागि रोमीको बाटो के हो?

उत्तर


रोमीको उध्दारको बाटो एक सुसमाचार सुनाउने तरिका हो, जुन बाइबलको पुस्तक रोमीका पदहरूको प्रयोग गरेर गरिन्छ। यो साधारण तर प्रभावशाली तरिका हो, जसद्वारा हामीले उध्दार किन चाहिन्छ मात्र नभई परमेश्वरले मुक्ति कसरी दिनुभएको छ, उध्दार कसरी पाउने र उध्दारको नतिजा के हो भनी यसमा वर्णन गरिएको छ।

रोमीहरूको उध्दारको बाटोको पहिलो पद हो रोमी ३:२३, “किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।” हामी सबैले पाप गरेका छौँ। हामी सबैले परमेश्वरलाई मन नपर्ने कार्यहरू गरेका छौँ। कोही पनि निर्दोष छैन। रोमी ३:१०-१८ ले पापले गर्दा हाम्रो जीवन कस्तो देखिंदोरहेछ त भनेर बिस्तृत वर्णन गर्छ। रोमीको उध्दारको बाटोको दोश्रो पद हो रोमी ६:२३, जसले हामीलाई पापको प्रभावबारे सिकाउँछ - किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको सितैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। हामीले कमाएको पापको दण्ड मृत्यु हो। शारीरिक मृत्यु मात्र नभई, अनन्तसम्मको मृत्यु!

रोमीको उध्दारको बाटोको तेश्रो पद रोमी ६:२३ ले जहाँ छोडेको छ, त्यहाँबाट टिप्दछ, “तर परमेश्वरको सित्तैंको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।” रोमी ५:८ भन्दछ, “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” येशू ख्रीष्ट हाम्रो खातिर मर्नुभयो! येशूले हाम्रो पापको मूल्य चुक्ता गर्नुभयो। येशूको बौरिउठाईले यो साबित गर्छ कि परमेश्वरले येशूको मृत्युद्वारा हाम्रो पापको ऋण तिर्नुभएको छ।

रोमीको उध्दारको बाटोको चौथो विश्राम रोमी १०:९ हो, “किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उध्दार हुनेछ।” किनकि येशू हाम्रो खातिर मर्नुभयो, उहाँको बलिदान हाम्रो पापको मूल्य हो भनी हामीले विश्वास मात्र गरे पुग्छ- हामीले मुक्ति पाउनेछौँ। रोमी १०:१३ ले यो भन्दछ, “किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उध्दार पाउनेछ।” येशू हाम्रो पापको ऋण चुक्ता गर्न मर्नुभयो ताकि हामी अनन्त मृत्युबाट बाँच्न सकौँ। मुक्ति, पापको क्षमा सबैलाई उपलब्ध छ, जसले येशू प्रभुलाई मुक्तिदाता र मेरो प्रभु भनी विश्वास गर्दछ।

रोमीको बाटो उध्दार पाउने अन्तको खण्डको बिश्लेषणको परिणाम नै उध्दार हो। रोमी ५:१ मा अति सुन्दर वचन छ, “यसैकारण विश्वासद्वारा धर्मी ठहरिए हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।” येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो शान्ति र मिलाप भएको छ। रोमी ८:१ हामीलाई सिकाउँछ, “यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।” किनभने येशूको मृत्यु हाम्रो कारणले गर्दा भएकोले हामीले पापको दण्ड भोग्नुपर्नेछैन। अन्त्यमा, हाम्रो लागि परमेश्वरबाट यो अमूल्य प्रतिज्ञा दिइएको छः रोमी ८:३८-३९ बाट, “किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाईले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।”

के तपाईं रोमीहरूको उध्दारको बाटोलाई पछ्याउन चाहनुहुन्छ? यदि हो भने यहाँ दिइएको साधारण प्रार्थना तपाईंले परमेश्वरसँग गर्न सक्नुहुन्छ। यो प्रार्थनाबाट तपाईंले परमेश्वरलाई यो भन्न सक्नुहुन्छ कि तपाईंले येशूमा आफ्नो मुक्तिका लागि भरोसा गर्नुभएको छ। शब्दहरूले मात्र तपाईंलाई बचाउन सक्दैन। केवल येशू ख्रीष्टमा विश्वास गरेर मात्र मुक्ति पाइन्छ। “परमेश्वर, मैले तपाईंको खिलाफ पाप गरेको छु र दण्ड भोग्न योग्य छु। तर मेरो सजायँ येशू ख्रीष्टले लिनुभयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म तपाईंको सहायताबाट आफ्नो पापबाट फर्केर मेरो मुक्तिको लागि तपाईंमा भरोसा गर्दछु। तपाईंको महान् अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको वरदानको लागि धन्यवाद! आमेन!”

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

उध्दारको लागि रोमीको बाटो के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries