शबाथको दिन चाहिँ कुन दिन हो, शनिबार वा आइतबार? के ख्रीष्टियनहरुले शबाथको दिनलाई पालन गर्नु पर्दछ?



प्रश्न: शबाथको दिन चाहिँ कुन दिन हो, शनिबार वा आइतबार? के ख्रीष्टियनहरुले शबाथको दिनलाई पालन गर्नु पर्दछ?

उत्तर:
प्रस्थान २०:११ मा शबाथ र सृष्टिको बीचको सम्बन्धको कारण “परमेश्वरले अदनमा नै शबाथको स्थापना गर्नुभएको थियो” भनेर बारम्बार दाबी गरिएको छ। यद्यपि परमेश्वरले सातौं दिनमा विश्राम लिनु भएको (उत्पति २:३) ले भविष्यको शबाथको व्यवस्थालाई ढाकिदिएको भए तापनि, इस्राएलका सन्तानहरुले मिश्रदेशलाई छोड्नुभन्दा अघिसम्म शबाथको बाइबलीय अभिलेख छैन। आदमदेखि मोशासम्म शबाथलाई पालन गर्ने चलन थियो भन्ने कुनै पनि संकेत धर्मशास्त्रमा कतै छैन।

शबाथलाई पालन गर्नुचाहिँ परमेश्वर र इस्राएलीहरुको बीचको एउटा विशेष चिह्न थियो भनेर परमेश्वरको वचनले स्पष्टै पार्दछ: “इस्राएलीहरुले शबाथ मानून्, र त्यो दिन आफ्ना सारा पुस्ताभरि अविराम करारको रुपमा मान्ने गरुन्। म र इस्राएलीहरुको बीचमा त्यो सदाको निम्ति एउटा चिह्न हुनेछ, किनभने परमप्रभुले ६ दिनमा आकाश र पृथ्वी बनाउनुभयो, तर सातौं दिनमा उहाँले काम छोडेर विश्राम गर्नुभयो” (प्रस्थान ३१:१६-१७)।

व्यवस्था ५ मा, इस्राएलीहरुको नयाँ पुस्तालाई मोशाले दश आज्ञा दोहोर्याइदिए। यहाँ, १२-१४ पदमा, शबाथलाई पालन गर्नु भन्ने आज्ञा गरिसकेपछि, मोशाले इस्राएली जातिलाई शबाथ दिइएको कारण बताएका छन्: “तिमीहरु मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरुका परमेश्वरले आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरुलाई निकालेर ल्याउनुभयो सो याद राख। यसैकारण परमप्रभु तिमीहरुका परमेश्वरले शबाथ मान्न तिमीहरुलाई आज्ञा गर्नुभएको हो” (व्यवस्था ५:१५)।

इस्राएलीहरुलाई शबाथ दिनलाई परमेश्वरको उद्धेश्यचाहिँ तिनीहरुले सृष्टिको सम्झना गरुन् भनी थिएन, तर तिनीहरुले मिश्रको दासत्व र परमप्रभुको छुटकारालाई सम्झना गर्नलाई थियो। शबाथलाई पालन गर्नको लागि आवश्यकताहरुलाई ध्यान दिनुहोस्: त्यस शबाथको व्यवस्थामुनि राखिएको कुनै व्यक्तिले शबाथमा आफ्नो वासस्थान छोड्न सक्दैनथियो (प्रस्थान १६:२९), त्यसले आगो बाल्न सक्दैन थियो (प्रस्थान ३५:३), र त्यसले अरु कसैलाई काम गराउन सक्दैन थियो (व्यवस्था ५:१४)। शबाथको व्यवस्था भंग गर्ने व्यक्तिलाई मृत्युदण्ड दिइन्थ्यो (प्रस्थान ३१:१५; गन्ती १५:३२-३५)।

नयाँ करारका परिच्छेदहरुको परिक्षणले हामीलाई चारवटा महत्वपूर्ण बूँदाहरु देखाउँदछ: १) जब ख्रीष्ट उहाँको पुनरुत्थित रुपमा देखा पर्नुहुन्छ र दिनको उल्लेख गरिन्छ, यो जहिले पनि साताको पहिलो दिन हुँदछ (मत्ती २८:१,९,१०; मर्कूस १६:९; लूका २४:१,१३,१५; यूहन्ना २०:१९,२६)। २) पे्ररितदेखि प्रकाशसम्म एकै पल्टमात्र उल्लेख गरिएको शबाथचाहिँ यहूदीहरुलाई सुसमाचार प्रचारको उद्धेश्यको लागि थियो र विशेषरुपले सभाघरमा भएको थियो (प्रेरित १३-१८ अध्याय)। पावलले यसरी लेखे, “यहूदीहरुलाई जितूँ भनेर यहूदीहरुका निम्ति म यहूदीजस्तै बनें” (१कोरिन्थी ९:२०)। सन्तहरुलाई संगति दिन र सुधार गर्न पावल सभाघरहरुमा गएनन्, तर हराएकाहरुलाई दोषी ठहराउन र बचाउनको लागि गए। ३) एकपल्ट पावलले उल्लेख गरेका छन् “अब उप्रान्त म अन्यजातिहरुकहाँ जानेछु” (प्रेरित १८:६), त्यसपछि शबाथलाई फेरि कहिल्यै उल्लेख गरिएन। र ४) शबाथ दिनलाई पालन गरिरहनु भन्ने सुझाव दिनको सट्टा, नयाँ करारको बाँकी भागले विपरित कुरोतर्फ संकेत गर्दछ (कलस्सी २:१६ मा पाइने, माथि दिइएको तेस्रो बुँदा प्रतिको एउटा अपवादलाई समावेश गर्दै)।

माथिको चौथो बुँदालाई अझ नजिकबाट हेर्नाले नयाँ करारका विश्वासीहरुका लागि शबाथ पालन गर्नु कुनै वाध्यता छैन भन्ने कुरालाई प्रकट गर्नेछ, र यसले आइतबारको “ख्रीष्टियन शबाथ” पनि वचनबद्ध होइन भन्ने विचारलाई पनि देखाउनेछ। माथि छलफल गरिएजस्तै, पावलले अन्यजातिहरु तिर ध्यानाकर्षण गर्न शुरु गरेपछि शबाथलाई एकैपल्ट मात्र उल्लेख गरिएको छ, “यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरुलाई दोष नदिओस्। यीचाहिँ आउने कुराका छायामात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ” (कलस्सी २:१६-१७)। यहूदी शबाथलाई क्रूसमा रद्द गरियो जहाँ ख्रीष्टले “तमसुक र त्यसका सबै कानुनी दावीहरुलाई रद्द गरिदिनुभयो” (कलस्सी २:१४)। यो विचार नयाँ करारमा एक पल्टा भन्दा देरै दोहोर्याइको छ। “कुनै मानिसले एउटा दिनलाई अर्को दिन भन्दा बडी महत्व मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मणिले आफ्नै मनमा पूर्ण रुपले निश्चित हुनु पर्दछ, जुन व्यक्तिले कुनै दिनलाई विशेष रुपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ” (रोमी १४:५-६अ)। “तर अबो त तिमीहरुले परमेश्वरलाई चिनेका छौ— अथवा परमेश्वर बाट चिनेएका छौ— र पनि फेरि कसरी तिमीहरु ति निर्बल र शुरु-शुरु का तुच्छ सिद्धान्तहरु तर्फ फर्कन्छौ र फिरे तिनीहरुका दस बन्न चाहन्छौ? तिमीहरु तिथिहरू, महिनाहरु, ऋतुहरु, र वर्षहरु मान्दछौ” (गलाती ४:९-१०)।

तर कसैले दाबी गर्दछन् कि सन् ३२१ म कन्सटेनटाइन बाटको एउटा आदेशले शबाथलाई शनिबार देखि आइतबारमा “परिवर्तन” गरिदिए। शुरुवाती मण्डलीहरु आराधनाको लागि कुन दिनमा भेला हुन्थे? संगति अथवा आराधनाका लागि विश्वासीहरुको कुनैपनि शबाथ (शनिबार) भेलालाई धर्मशास्त्रले कहिल्यै उल्लेख गरेको छैन। उदाहरणको लागि, प्रेरित २०:१७ ले उल्लेख गर्दछ कि “हप्ताको पहिलो दिनमा जब हामी रोटी भाँच्न जम्मा भयौं।” १ कोरिन्थी १६:२ मा पावलले कोरिन्थीका विश्वासीहरुलाई “प्रत्येक हप्ताको पहिलो दिन तिमीहरु हरेकले आ-आफ्नो कमाइ अनुसार केही धन छुट्याएर जम्मा गर्दै राख्नू” भनेर आदेश दिए। किनकि २ कोरिन्थी ९:१२ मा पावलले यस भेटीलाई “सेवा” को रुपमा भनेकाले गर्दा, यस भेटी अर्पणको सम्बन्ध ख्रीष्टियन भेलाको आइतबारे आराधना सेवासँग हुनु पर्दछ। एतिहासिकरुपमा शनिबार नभएर आइतबारचाहिँ मण्डलीमा ख्रीष्टियनहरुको लागि साधारण भेला हुने दिन थियो, र यो चलनचाहिँ पहिलो शताब्दीबाटै आएको हो।

शबाथ त इस्राएलीहरुलाई दिइएको थियो, तर मण्डलीलाई होइन। शबाथ त अझैपनि शनिबार नै हुँदछ, आइतबार होइन, र यो कहिले पनि परिवर्तन भएको छैन। तर शबाथचाहिँ पूरानो करारको व्यवस्थाको भाग हो, र ख्रीष्टियनहरु त्यस व्यवस्थाबाट स्वातन्त्र छन् (गलाती ४:१-२६; रोमी ६:१४)। शनिबार होस् अथवा आइतबार— ख्रीष्टियनहरुका लागि शबाथ पालन गर्नु आवश्यक छैन। हप्ताको पहिलो दिन, आइतबार, जुनचाहिँ प्रभुको दिन हो (प्रकाश १:११०), ले हाम्रा पुनरुत्थित प्रमुखको रुपमा ख्रीष्टसँग नयाँ सृष्टिको उत्सव मनाउँदछ। हामीले मोशाद्वारा दिएको शबाथ दिनको व्यवस्था— विश्राम दिन पालन गर्न बाध्य छैनौ, तर जीवित येशू ख्रीष्टको कारण ले हामी सेवा गर्न स्वतन्त्र छौ। पावल प्रेरितले भनेका छन् कि हरेक ख्रीष्टियनले शबाथ-विश्राम दिनलाई पालन गर्नु पर्ने हो कि होइन भनेर निर्णय गर्नुपर्दछ, “कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढी महत्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्णरुपले निश्चित हुनुपर्दछ” (रोमी १४:५)। हामीले हरेक दिन परमेश्वरको आराधना गर्नुपर्दछ, केवल शनिबार र आइतबारमात्र होइन।



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश



शबाथको दिन चाहिँ कुन दिन हो, शनिबार वा आइतबार? के ख्रीष्टियनहरुले शबाथको दिनलाई पालन गर्नु पर्दछ?