settings icon
share icon
प्रश्न

बाइबलले त्रिएकत्वको विषयमा के सिकाउँछ?

उत्तर


त्रिएकत्वप्रतिको इसाईहरुका धारणाको विषयमा अति नै गाह्रो कुरा चाहिँ त्यो हो कि यसलाई पर्याप्तरुपले व्याख्या गर्ने कुनै उपाय छैन। त्रिएकत्व एउटा यस्तो धारणा हो जसलाई मानिसहरुले सम्पूर्णरुपमा बुझ्न असम्भव छ, जसलाई स्वयंले व्यख्या गर्दछ। परमेश्वर हामी भन्दा अत्यन्त महान हुनुहुन्छ; यसकारण, हामीले उहाँलाई सम्पूर्णरुपले बुझ्नेछौँ भनी अपेक्षा गर्नु हुदैन। बाइबलले पिता परमेश्वर हुनुहुन्छ, येशू परमेश्वर हुनुहुन्छ, र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भनी सिकाउँदछ। बाइबलले यो पनि सिकाउँदछ कि परमेश्वर केवल एउटै मात्र हुनुहुन्छ। यद्यपि हामीले त्रिएकत्वको विभिन्न व्यक्तित्वहरुका एक अर्कासँग भएको सम्बन्धको तथ्य बारेमा केहि बुझ्न सकेतापनि यो मानव सोचाईको लागि अबोध्य छ। यद्यपि यसको मतलब यो होइन कि त्रिएकत्व सत्य छैन वा बाइबलको शिक्षा आधारित छैन।

त्रिएकत्व भनेको एउटा परमेश्वर जसमा तीन व्यक्तित्वहरुको अस्तिस्व हुन्छ। बुझ्नु पर्ने कुरा चाहिँ यसले कुनै पनि तरिकाले तीन जना परमेश्वरहरु छन् भनि भन्दैन। जब हामी यो विषय बारे अध्ययन गरिरहेका हुन्छौं त्यस समय हामीले दिमागमा यो कुरा राख्नु पर्दछ कि “त्रिएकत्व” भन्ने शब्द बाइबलमा प्रयोग गरेको छैन। तथ्य चाहिँ त्यहाँ तीन सह-अस्तित्व भएको सह-अनन्त व्यक्त्विहरु हुन् जसले परमेश्वरको बनावट वा स्वभाव प्रस्तुत गर्दछ। वास्तविक महत्वपूर्ण कुरा चाहिँ “त्रिएक” शब्दबाट प्रस्तुत भएको धारणा चाहिँ धर्मशास्त्रमा छ। त्रिएकत्वको बारेमा परमेश्वरको वचनमा निम्न उदाहरण दिएका छन्:

१) त्यहाँ एक मात्र परमेश्वर हुनुहुन्छः (व्यवस्था ६:४; १ कोरिन्थी ८:४; गलाती ३:२०; १ तिमीथी २:५) ।

२) त्रिएकत्वमा तीन व्यक्तित्व हुन्छन्: (उत्पत्ति १:१, २६; ३:२२; ११:७; यशैया ६:८, ४८:१६, ६१:१; मत्ती ३:१६-१७, २८:१९; २ कोरिन्थी १३:१४)। उत्पत्ति १:१ पदमा, हिब्रू बहूवचन संज्ञा “एलोहिम” भन्ने प्रयोग गरिएको छ। उत्पत्ति १:२६, ३:२२, ११:७ र यशैया ६:८, पदमा, बहूवचन संज्ञा “हामी” प्रयोग गरिएको छ। “एलोहिम” र “हामी” भन्ने सर्वनामले बहूवचन हुन्, हिब्रू भाषामा दुई भन्दा बढीलाई देखाउँदछ। यद्यपि, यो त्रिएकत्वको लागि एउटा स्पष्ट विवाद होइन, यसले परमेश्वरको बहूवचन हुने पक्षको सूचना दिदछ। एलोहिमको लागि हिब्रू शब्द, निश्चित रुपमा त्रिएकत्वको लागि उपयोग हुन्छ।

यशैया ४८:१६ र ६१:१ पदहरुमा, पिता र पवित्र आत्मालाई सम्बोधन गर्दै पुत्र बोलिरहनु भएको छ। पुत्र नै बोलिरहनु भएको छ भन्ने कुरा हेर्न यशैया ६१:१ पदलाई लूका ४:१४-१९ पदसँग तुलना गर्नुहोस्। मत्ती ३:१६-१७ पदले येशूले बप्तिस्मा लिनुभएको कुरा लेखिएका छन्। यस खण्डमा पवित्र आत्मा परमेश्वर पुत्रमाथि ओर्लिरहनु भएको छ र पिता परमेश्वरले पुत्र प्रतिको आफ्नो प्रसन्नताको घोषणा गर्नु भएको छ। मत्ती २८:१९ र २ कोरिन्थी १३:१४ पदहरु त्रिएकत्वमा भएका तीन भिन्न व्यक्तित्वहरुका उदाहरण हुन्।

३) त्रिएकत्वका सदस्यहरु धेरै खण्डहरुमा एक देखि अर्कामा भिन्न छ जस्तै देखिन्छ। पुरानो करारमा “परमप्रभु देखि परमप्रभु” भिन्न छ (उत्पत्ति १९:२४; होसे १:४)। परमप्रभुको एउटा पुत्र छ (भजन २:७, १२; हितोपदेश ३०:२-४)। आत्मा “परमप्रभु” देखि भिन्न छ (गन्ती २७:१८) र “परमेश्वर” देखि पनि (भजन ५१:१०-१२)। पुत्र परमेश्वर पिता परमेश्वर देखि भिन्न हुनुहुन्छ (भजन ४५:६-७; हिब्रू १:८-९)। नयाँ करारमा, येशूले पितासँग एउटा सल्लाहकार पठाई दिने सम्बन्धमा बोल्नु हुन्छ, पवित्र आत्मा (यहून्ना १४:१६-१७)। यसले देखाउद कि येशूले आफैलाई पिता वा पवित्र आत्मा हुने विचार गर्नु भएन। सुसमाचारको बेला पनि येशूले पितासँग बोल्नु हुन्छ। के उहाँ आफैसँग बोल्दै हुनुहुन्थ्यो? होइन, उहाँ त्रिएकत्वमा हुनुहुने अर्को व्यक्तित्व बोल्दै हुनुहुन्थ्यो— पितासँग।

४) त्रिएकत्वको प्रत्येक सदस्य परमेश्वर हुनुहुन्छ। पिता परमेश्वर हुनुहुन्छ (यहून्ना ६:२७; रोमी १:७; १ पत्रुस १:२)। पुत्र परमेश्वर हुनुहुन्छ (यहून्ना १:१, १४; रोमी ९:५; कलस्सी २:९; हिब्रू १:८; १ यहून्ना ५:२०)। पवित्र आत्मा परमेश्वर हुनुहुन्छ (प्रेरित ५:३-४; १ कोरिन्थी ३:१६)।

५) त्रिएकत्वमा अधीनता छ। धर्मशास्त्रले देखाउँदछ कि पवित्र आत्मा पिता र पुत्र प्रतिको अधीनमा रहेको, र पुत्र पनि पिताको अधीनमा रहेको छ। यो एक अन्तर-सम्बन्ध हो र यसले त्रिएकत्वमा हुने कुनै व्यक्तित्वको ईश्वरत्वलाई इन्कार गर्दैन। यो केवल एउटा यस्तो क्षेत्र हो जसलाई हाम्रो सिमित सोचाईले असिमित परमेश्वरको सम्बन्धमा बुझ्नै सकिन्दैन। पुत्रको विषयमा हेरौं लूका २२:४२, यहून्ना ५:३६, यहून्ना २०:२१ र १ यहून्ना ४:१४। पवित्र आत्माको सम्बन्धमा हेरौं यहून्ना १४:१६; १४:२६, १५:२६, १६:६७ र विशेष गरी यहून्ना १६:१३-१४।

६) त्रिएकत्वको व्यक्तिगत सदस्यहरुका भिन्नै-भिन्नै कामहरु छन्। पिता संसारको अन्तिम स्रोत वा कारक हुनुहुन्छ (१ कोरिन्थी ८:६; प्रकाश ४:११); इश्वरीय प्रकाश (प्रकाश १:१); मुक्ति (यहून्ना ३:१६-१७); र येशू ख्रीष्टको मानवीय काम (यहून्ना ५:१७, १४:१०)। पिताले यी सबै थोकहरुलाई शुरु गर्नुभयो।

पूत्र एक कर्ता हुनुहुन्छ जसद्वारा पिताले यी निम्न कामहरु गर्नुहुन्छः संसारको सृष्टि र त्यसको रक्षा (१ कोरिन्थी ८:६; यहून्ना १:३; कलस्सी १:१६-१७); ईश्वरीय प्रकाश (यहून्ना १:१, १६:१२-१५; मत्ती ११:२७; प्रकाश १:१); र मुक्ति (२ कोरिन्थी ५:१९; मत्ती १:२१; यहून्ना ४:४२)। पिताले यी काम पूत्रद्वारा गर्नु हुन्छ जसले उहाँको कार्यकर्ताको रुपमा काम गर्नुहुन्छ।

पवित्रआत्मा साधन हुनुहुन्छ जसद्वारा पिताले यी निम्न कामहरु गर्नुहुन्छः संसारको सृष्टि र त्यसको रक्षा (उत्पत्ति १:२; अय्यूब २६:१३; भजन १०४:३०); ईश्वरीय प्रकाश (यहून्ना १६:१२-१५; एफिसी ३:५; २ पत्रुस१:२१); मुक्ति (यहून्ना ३:६; तितस ३:५; १ पत्रुस१:२); र येशूका कामहरु (यशैया ६१:१; प्रेरित १०:३८)। यसरी पिताले यी सबै थोकहरु पवित्र आत्माको शक्ति द्वारा गर्नुहुन्छ।

त्रिएकत्वको बारेमा उदाहरणहरु लाई विकसित गराउन लाई धेरै प्रयास गरिएको छ। यद्यपि, कुनै पनि लोकपिय उदाहरणहरु सम्पूर्णरुपले ठिक वर्णनहरु होइनन्। अण्डा (वा स्याउमा) छिल्का सेतो र पहेलो भाग हुन्छ अण्डा आफै यी कुराहरुमा हुदैन त्यस्तै बोक्रा गुदी र बीउँ स्याउँको भागहरु हुन स्याउँ नै चाहिँ होइन। पिता, पुत्र, र पवित्र आत्मा परमेश्वरका भागहरु मात्र होइन; तर उहाँहरु हरेक सबै परमेश्वर हुन्। पानीको उदाहरण केहि मात्रामा राम्रो छ तर अझै पनि त्रिएकत्वलाई स्पष्ट व्याख्या गर्न अपर्याप्त हुन्छ। तरल, बाफ, र बरफ पानीका रुपहरु हुन्। पिता, पूत्र, र पवित्र आत्मा परमेश्वरका रुपहरु होइनन्, तर उहाँहरु प्रत्येक परमेश्वर हुनुहुन्छ। त्यसकारण, यी उदाहरणहरुले त्रिएकत्वको चित्र दिन सक्ला, तर चित्र सम्पूर्णरुपमा सहि हुदैन। एक असिमित परमेश्वरलाई सिमित उदाहरणले पूर्णरुपमा वर्णन गर्न सकिन्दैन।

त्रिएकत्वको सिद्धान्त इसाईमण्डलीमा अहिले सम्म पुरै इतिहासमा एक निर्णायक विषय बनेको छ। जबकि परमेश्वरको वचनमा त्रिएकत्वको मूल पक्षहरुलाई स्पष्ट रुपमा प्रस्तुत गरिएको छ, र यस सम्बन्धित कुनै पक्षको विषय स्पष्ट छैन। पिता परमेश्वर हुनुहुन्छ, पुत्र परमेश्वर हुनुहुन्छ, र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ— तर उहाँ एउटै परमेश्वर हो। त्यो चाहिँ त्रिएकत्वको बाइबलीय सिद्धान्त हो। त्यो भन्दा बाहिर, केहि विषय निश्चित सिमा सम्म, विवादीय र अनावश्यक छन्। त्रिएकत्व लाई हाम्रो मानवीय सोचाईले पुरैसँग परिभाषित गर्नुको साटो, हामी परमेश्वरको महानता र असिमितरुपले उच्च स्वभावको तथ्य माथि केन्द्रित हुने कोशिश गरौँ। “आहा! परमरेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्साफहरु कति अगम र उहाँका मार्ग बुझ्न नसकिने! किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्लाहकार को भएको छ?” रोमी ११:३३-३४)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले त्रिएकत्वको विषयमा के सिकाउँछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries