के वाइवल साँच्चै परमेश्वरको बचन हो?




प्रश्न: के वाइवल साँच्चै परमेश्वरको बचन हो?

उत्तर:
यस प्रश्नको हाम्रो कसरी बाइबललाई हेर्दर्र्छौ, बाइबलको हाम्रो जीवनमा के महत्व छ यि कुराहरुलाई मात्र निश्चित गर्दैन अन्त्यमा यसले हामीमा अनन्त प्रभाव पनि पार्नेछ । यदि साँच्चै बाइबल परमेश्वरको बचन हो भने हामीले यसलाई लिनुपर्दछ, पढ्नु पर्दछ, पालना गर्नुपर्दछ र अन्त्यमा यसमाथि हामीले भरोसा गर्नुपर्दछ । यदि वाइवल परमेश्वरको बचन हो भने वाइवललाई उल्लंघन गर्नु र इन्कार गर्नुभनेको परमेश्वरलाई नै इन्कार गर्नु हो ।

हामीप्रति परमेश्वरको प्रेमको प्रमाण र उदाहरण भनेको चाही परमेश्वरले हामीलाई दिनुभएको वाइवल नै हो । "प्रकाश" शब्दको साधारण अर्थ चाही परमेश्वर कस्तो हुनुहुन्छ र हामीले कसरी उहाँसंग ठीक सम्बन्ध राख्न सक्छौ भनी मानिससित परमेश्वरले गर्नुभएको वातचित हो । यि यस्ता चिजहरु हुन यदि परमेश्वरले यी कुराहरुलाई वाइवलमा प्रकट नगर्नु भएको भए हामीले कहिल्यै पनि यि चीजहरुलाई जान्ने थिएनौ । परमेश्वरले आक्ष्नो प्रकाश वाइवलमा क्रमिकरुपमा लगभग १५०० वर्षलगाएर दिनुभएको हो, मानिसले परमेश्वरको वारेमा जान्न चाहेमा र उहाँसंग ठीक सम्बन्ध राख्न चाहेमा मानिसलाई यिसंग सम्बन्धी त चाहीने सबैथोक परमेश्वरले बाइबलमा राखिदिनुभएको छ । यदि बाइबल साँच्चै परमेश्वरको बचन हो भने यो नै विश्वासको विषयमा, धार्मिक अभ्यासको बिषयमा र नैतिकताको विषयमा अन्तिम अधिकार हो । एउटा प्रश्न हामीले आफैलाई सोध्नै पर्छ कसरी हामी जान्न सक्छौं कि वाइवल परमेश्वरको बचन हो र यो एक असल पुस्तकमात्रै होइन - बाइबल कुन कारणले अबितीय छ कि जसले वाइवललाई अहिलेसम्म लेखिएका सबै धार्मिक पुस्तकहरुबाट भिन्न तुल्याउँछ ? के यस्तो कुनै प्रमाण छ जसले बाइबल साँच्चै परमेश्वरको बचन हो भनी बताउँछ ? यस्ता प्रकारका प्रश्नहरु लगायत यदि हामी गम्भीर भई बाइबलिय दावीहरुलाई हेर्र्छौ भने र जाँच्छौ भने हामी निश्चय नै बुझनेछौं की वाइवलमात्र परमेश्वरको बचन हो, यो परमेश्वरको प्रेरणाबारा लेखिएको हो र यो हाम्रो विश्वास र अभ्याससंग सम्बन्धीत सबैकुराहरुको लागि प्रयाप्त छ । बाइबल आफैले नै परमेश्वरको बचन हो भनी गरेको दावीको कुनै शंकै छैन । यो कुरो २ तिमोथी ३:१५-१७ मा स्पष्टै देख्न सकिन्छ, जसले भन्छ कि, "तिमी बालककाल देखि पवित्र धर्मशास्त्रसंग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासबारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ । सम्पुर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ति दिनलाई, सच्यचउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकी परमेश्वरको जुन हरेक सुकर्ममा पुर्णरुपले सुसज्जित भई सिद्धभएको होस् ।" यि प्रश्नहरुको उत्तर दिन हामीले वाइवल परमेश्वरको बचन हो भन्ने विषयका आन्तरिक र वाहय दुवै प्रमाणहरुलाई हेर्नुपर्दछ ।

आन्तरिक प्रमाणहरु वाइवल भित्रबाट कै हुन जसले वाइवलको इश्वरीय सुरुवातको बारेमा गवाही दिन्छन् । यि मध्ये एक आन्तरिक प्रमाण चाही बाइवल भित्र बाटै दिनसकिन्छ त्यो चाही हो वाइवलको एकता । तैपनि वाइवलमा छुट्टाछुट्टै ६६ पुस्तकहरु छन्, यि कितावहरु ३ महादेशहरुमा लेखिएका हुन्, ३ छुट्टाछुट्टै भाषाहरुमा लेखिए, यि कितावहरु लेख्न झण्डै १५०० वर्षलाग्यो, यि कितावहरु ४० भन्दा बढी लेखकहरुले लेखे -जो भिन्न भिन्नै पृष्ठभूमिबाट अएका थिए) तैपनि बाइबल सुरुवात देखि अन्त्यसम्मै मात्र एक पुस्तकको रुपमा निर्विवाद रहन्छ र यो एकताले नै वाइवल परमेश्वरको बचन भएको प्रमाण दिन्छ कि परमेश्वरका जगहरु परमेश्वरबारा चलाइए र तिनीहरुले परमेश्वरका बचनहरुलाई अभिलेख गरे अनि एकत्रित गरे । बाइबल परमेश्वरको बचन हो भनी प्रमाण दिने दोस्रो आन्तरिक प्रमाण हो अगमवाणी जो बाइबलका पाताहरुमा स्पष्टसंग राखिएको छ । नोस्त

बाइबलले सयौं भविष्यवाणीहरुसंग सरोकार राख्दछ जो स्पष्टसंग बाइबलमा राखिएको छ । यिनीहरु छुट्टाछुट्टै राष्ट्र र शहरहरुसंग सरोकार राख्दछन् र सम्बन्धीत छन् । जस्तै इस्राएल राष्ट्र अरु कति शहरहरुको भविष्यको बारेमा, मानिस जातीको भविष्यको बारेमा र आउनेवाला ख्रीष्ट अथवा मसिहको बारेमा, मात्र इस्राएल देशका मुक्तिदाता होइन तर सारा संसार सबैका जातिले उहाँलाई विश्वास गर्दछन् । यि भविश्यवाणीहरु अरु धर्मशास्त्रमा भेटिएका भविष्यबाणीहरु जस्ता छैनन्, अथवा नोस्टॣदामसले गरेका भविष्यवाणीहरु जस्तापनि छैनन् कारण बाइबलीय अगमवाणीहरु पुर्णरुपमा स्पष्टसंग अभिलेख गरिएका छन् र पुरा हुनबाट कुनै भविष्यवाणीहरु चुकेका छैनन् । प्रभु येशू ख्रीष्टससंग सम्बन्धीत मात्र पुरानो करारमा मात्र लगभग ३०० भविष्यबाणीहरु छन् । यि भविष्यवाणीहरुमा उहाँ “ कहाँ “ जन्मनु हुन्छ र कुन परिवारबारा आउनुहुनेछ मात्र भनिएन तर मर्नुहुनेछ र त्यसको तेस्रोदिनमा मृतकहरुबाट पुनरुत्थान पनि हुनुहुनेछ भनी बताइएको छ । पुराभएका भविष्यवाणीहरुलाई व्याख्या गर्ने अर्को कुनै पनि तार्किक तरिका छैन जवसम्म हामी मानिलिन्नौ कि वाइवलको सुरुवात इश्वरीय प्रेरणा नै हो । यस्तो कुनै पनि धार्मिक पुस्तक संसारमा छैन जसमा वाइवलको जस्तै ऐतिहासिक अगमवाणीको उल्लेख भइ पुरा भएको प्रमाण होस् । बाइबल परमेश्वरको बचन हो भन्ने सम्बन्धमा तेस्रो बाइबलिय आन्तरिक प्रमाण चाही बाइबलको अबितीय अधिकार र शक्ति हो । पहिलेका दुई आन्तरिक प्रमाणहरु भन्दा यो प्रमाण चाही धेरै विषयगत देखिन्छ । यसमा पनि वाइवलको इश्वरीय सुरुवातको विषयमा धेरै कम्ती नै शक्तिशाली गवाही छ भनेको चाही होइन । अहिलेसम्म लेखिएका पुस्तकहरु मध्ये वाइवल मात्र यस्तो अबितीय पुस्तक हो यसको अधिकारको तुलनामा कुनैपनि पुस्तकहरु वाइवल झै आधिकारीक छैनन् ।

बाइबलको शक्ति र अधिकार सयौं रीतिबारा देखिएको छ की अनगिन्ती जीवनहरु परिवर्तन भए जव तिनीहरुले बाइबल अध्ययन गने । लागु औषधका दुर्व्यसनीहरु वाइवलबारा निको पारिए, पुरुषगामीहरु लेयसबारा छुटकारा पाए, अरुबाट तिरस्कृत र निरुत्साहित व्यीक्तिहरु यसबाट परिवर्तन भए, कडा हृदय भएका अपराधीहरुको यसबाट जीवन सुध्रियो, पापीहरुले यसबाट हप्की र चेतावनी पाए, जव वाइवल पढियो घृणा प्रेममा परिवर्तन भयो ।

वाइवलले अति शक्तिशाली जीवन परिवर्तनकारी शक्ति प्रदान गरिरहेको छ, यो साँच्चीकै परमेश्वरको वचन भएको कारणले नै सम्भव भएको हो । बाइबल परमेश्वरको बचन हो भनी प्रमाणदिने बाइबलीय आन्तरिक प्रमाणहरुबाहेक अरु पनि वाहय प्रमाणहरु छन् जसले बाइबल साँच्चीकै परमेश्वरको बचन भएको प्रमाण दिन्छन् । यि मध्ये एउटा प्रमाण चाही बाइबलको ऐतिहासिक विषयबस्तु हो । किनभने बाइबलले अन्य ऐतिहासिक पुस्तकहरु जस्तै ऐतिहासिक कागजातकै जस्तो पनि गर्दछ, जुन कुराहरु पुर्णरुपमा सत्य, प्रामाणिक रुपमा अकाट्य छन् । त्यतिमात्र नभएर पुरातात्विक प्रमाणहरुबारा र अरु लिखित कागजातहरुबारा बाइबलमा उल्लेखित घटनाहरु समय समयमा पृष्टी भएरहेका छन् जसले वाइबललाई सत्य र ठीक सावित गर्दछन् । वास्तवमा सबै पुरातात्विक र हस्तलिपीहरुले यस्तो प्रमाण दिन्छन्की जसले वाइवललाई सबैभन्दा उत्तम र प्राचीन पुस्तक बनाउदछन् । वास्तवमा बाइबलले ऐतिहासिक महत्वपुर्ण घटनाहरुलाई एकदमै ठीक र सत्यतापुर्ण तवरले अभिलेख गर्दछ र जब हामी अन्य धार्मिक विषयहरुमा र सिद्धान्तहरुमा सम्बन्ध राख्छौं । यो बाइबलिय अभिलेखहरु नै महान चिन्ह वा लक्षणहरु हुन् जसले बाइबलमात्र परमेश्वरको बचन हो भन्ने दावीलाई प्रमाणित गर्दछ । बाइबल परमेश्वरको बचन हो भन्ने विषयमा अर्को बाहिरी प्रमाण चाही बाइबलका मानविय लेखकहरुको चरित्र हो पहिले नै बताइसकियो की परमेश्वरले विभिन्न पृष्ठभूमिका मानिसहरुलाई आक्ष्नो बचन लेख्न चलाउनुभयो । यि मानिसहरुको जविनको अध्ययन गर्दा ती मानिसहरु इमानदार र गम्भिर मानिसहरु थिएनन् भन्ने एउटै पनि असल कारण छैन । तिनीहरुको जीवनको जाँचगर्दा वास्तवमा यो कुरो सत्य होकी आक्ष्नो विश्वासका खातीर तिनीहरु गर्नपनि तयार थिए । -प्राय जसो तिनीहरु क्रूसमा चढ्न पनि तयार थिए) यसबाट हामी सजिलै बुझन सक्छौ कि यी साधारण तर इमान्दार मानिसहरुसंग परमेश्वर बोल्नुभएको थियो । ति मानिसहरु जसले नया“ करारलेखे र ति सयौं विश्वासीहरुले आक्ष्नो सन्देशको सत्यतालाई थाहा पाए किनभने तिनीहरुले येशूख्रीष्टलाई देखेका थिए र येशूको पुनरुत्थान पश्चात तिनीहरुले उहाँसंग समय बिताएका थिए । -१ कोरीन्थी १५:६) पुनरुत्थान पश्चात परिवर्तन हुनुभएका ख्रीष्टलाई यिनीहरुले देखेका हुनाले उनीहरुमा ख्रीष्टप्रति अति नै शाक्तिशाली प्रभाव परेको थियो । डरले लुक्नुभन्दा तिनीहरु परमेश्वरबाट पाएको मूल सन्देशको खातीर मर्न पनि तयार थिए । तिनीहरुको जीवन र मृत्युले वास्तवमै प्रमाणित गर्दछ की बाइबल परमेश्वरकै बचन हो ।

बाइबल परमेश्वरको बचन हो भन्ने सम्बन्धमा अन्तिम बाहिरी प्रमाण चाही बाइबलको नष्टपार्न नसकिने गुण हो । बाइबलको आक्ष्नो महत्वपुर्णता र परमेश्वरको एकमात्र बचन भएको दावीको कारण वाइबलले इतिहासमा कुनै पनि पुस्तकभन्दा धेरै आक्रमण र निन्दा र कष्ट सहेको छ । प्राचीन रोमी सम्राट डायोक्लेरिएन देखि कम्यूनिष्ट शासकहरु र आजका आधुनिक नाष्तिक र ज्ञानवादीहरु सबैबाट बाइबलले आक्रमण र खेदी सहेको तर पनि आज बाइबल आक्ष्नै ठाउँमा खडा छ र दुनियामा सबैभन्दा धेरै छापिने पुस्तकहरुमा प्रथम छ ।

समयबित्दै जाँदा skeptics हरुले बाइबल मगदन्ते कथा वा दन्त्यकथा हो भने तर पुरातात्वविधाले बाइबललाई ऐतिहासिक पुस्तकको रुपमा स्थापित गर्यो । विरोधीहरुले बाइबलका शिक्षाहरुलाई पुराना र बितिसकेका भनेर आक्रमण गरे तर इतिहासभरी नै इबलका नैतिक र कानुनी अवधारणा र सत्यताहरुको सकारात्मक र प्रभावकारी छाप समाजहरुमा र संस्कृतिहरुमा परेको छ । बाइबललाई निरन्तररुपमा विज्ञानले, मनोविज्ञानले र राजनैतिक आन्दोलनहरुले आक्रमण गरिरहेका छन् तर पनि बाइबल आजपनि सत्य परेश्वरको बचन पनि आक्ष्नो ठाउँमा स्थिर छ र बाइबल लेखिएको समयमा झै आज पनि यो उत्तिकै नयाँ छ । यो त्यही पुस्तक हो जसले बितेका २००० बर्षरुमा अनगिन्ती जीवनहरु र संस्कृतिहरुलाई परिवर्तन गरेको छ । कुनै समस्या र सन्देह छैन कसरी यसका बिरोधीहरुले बाइबललाई आक्रमण गर्ने, नाशगर्ने र मूल्यहिन बनाउने तयारी गर्दछन्, तर बाइबल एकदमै बालियो साथ खडा भइरहन्छ, र आक्रमण गरिइनुभन्दा पहिलेकै अवस्थामा पुर्णरुपमा सत्य पुस्तकको रुपमा रहिरहन्छ । हरेक प्रकारका आक्रमणका बाबजुदपनि बाइबललाई नष्ट र भ्रष्ट बनाइन खोज्दा पनि बाइबलको सठिकता अझै पनि सुरक्षित छ यो नै बाइबल परमेश्वरको बचन हो भन्ने सत्य गवाही हो । कसरी बाइबललाई आक्रमण गरिएको छ यसले हामीलाई चकित पार्नु हुदैन तर जहिले पनि बाइबल अपरिवर्तनशिल र नाश गनै नसकिने पुस्तकको रुपमा रहिरहेको छ । यी सबैपछि, येशूले भन्नुभयो, "र्स्वर्ग र पृथ्वी टलिजानेछन् तर परमेश्वरको बचन कहिल्यै पनि टल्नेछैन (मर्कुस १३:३१) यी सबै प्रमाणहरुलाई हेरिसकेपछि कसैलेपनि विना शंका भन्न सक्छकी, हो, विश्वमा नै वाइवल साँच्चीकै परमेश्वरको बचन हो ।"



नेपाली सुरुवात(होमपेज) पानामा फर्कनुहोश



के वाइवल साँच्चै परमेश्वरको बचन हो?