के येशू वास्तवमै अस्तित्वमा हुनुहुन्थ्यो? के येशू ख्रीष्टको कुनै एतिहासिक अस्तित्व छ?



प्रश्न: के येशू वास्तवमै अस्तित्वमा हुनुहुन्थ्यो? के येशू ख्रीष्टको कुनै एतिहासिक अस्तित्व छ?

उत्तर:
विशेषरुपले, जब यो प्रश्न सोधिन्छ, तब यो “बाइबल बाहिरको” प्रश्न हो भनी मानिन्छ। बाइबल येशूको अस्तित्वको लागि प्रमाणको एउटा श्रोत बन्न सक्दैन भन्ने यस विचारलाई हामी मानिलिदैनौँ। नयाँ करारमा येशू खीष्टका सयौं सन्दर्भहरु रहेका छन्। त्यहाँ तिनीहरु छन् जसले सुसमाचारको लेखनकार्यको मितिलाई दोस्रो शताब्दी हो भन्दछन्, जुन चाहिँ येशूको मृत्युपछि १०० (ई.स.) वर्ष पछि हो। प्राचिन प्रमाणहरुको सम्बन्धमा, यदि त्यहाँ त्यस्ता कुराहरु थिए भने तापनि (जसलाई हामी कठोररुपमा विरोध गर्छौं), घटनाहरु घटेको २०० वर्षभन्दा कम समय पछिको लेखनकार्यहरुलाई एकदमै विश्वासीलो प्रमाणहरु हुन् भनी मानिन्छ। अझ, विद्वानहरुको ठूलो संख्याले (ईसाई र गैर–ईसाई) पावलका पत्र (कुनै-कुनै) पहिलो शताब्दीको मध्यतिर वास्तवमै पावलद्वारै लेखिएको थियो भनेर मानिलिएको छ, जुन चाहिँ येशूको मृत्युपछि लगभग ४० वर्ष पछि हो। प्राचिन पाण्डुलिपीका प्रमाणहरुको सम्बन्धमा, यो चाहिँ पहिलो शताब्दीको शुरुवातमा इस्राएलमा येशू नाउँ गरेका एकजना मानिसको अस्तित्व थियो भन्ने अलौकिक ठोस प्रमाण हो।

यो पनि जान्नलाई महत्वपूर्ण छ कि सन् ७० मा, रोमीहरुले यरुशलेम र प्रायःजसो इस्राएललाई आक्रमण गरि नष्ट गरेर, यहाँका बासिन्दाहरुलाई मारिदिए। समस्त शहरहरुलाई भौतिकरुपमै आगोद्वारा नष्ट गरियो। यसर्थ, येशूको अस्तित्वको धेरै प्रमाणहरु नष्ट भएकोमा, हामी छक्क पर्नु हुँदैन। येशूलाई देख्ने धेरैलाई मारियो। यस्ता वास्तविकताहरुले येशूका जीवित प्रत्यक्ष साक्षीहरुको मात्रालाई सीमित गरेको थियो।

येशूको सेवाकाई चाहिँ ठूलोरुपमा रोमी साम्राज्यको एउटा सानो छेउमा एउटा विशेषरुपले महत्वहीन् क्षेत्रमा सीमित भएकोले, येशूको विषयका जानकारीको एउटा आश्चर्यमय परिमाण्लाई बाहिरी एतिहासिक श्रोतहरुबाट लिन सकिन्छ। येशूका केही अझ धेरै महत्वपूर्ण एतिहासिक प्रमाणहरुमा निम्नलिखित कुराहरु सम्मिलित छन्:

पहिलो शताब्दीको रोमी टेसिटस, जसलाई प्राचिन संसारको एकजना निकै नै सठीक इतिहासकारको रुपमा लिइन्छ, ने अन्धाविश्वासी “ख्रीष्टियनहरु” को उल्लेख गरेका थिए (ख्रिस्तुस, जुनचाहिँ ख्रीष्ट को लागि लेटिन शब्द हो), जसले तिबरियूसको शासनकालमा पोन्तियस पिलातसको अधीनमा कष्ट भोगेका थिए। साम्राट हेड्रियन मुख्य सचिव स्यूटोनियस ले लेखेका थिए कि ख्रिस्तुस (अथवा ख्रीष्ट) नाउँ गरेका एकजना मानिस थिए जो पहिलो शताब्दीमा रहन्थे (अनाल्स 15.४४)।

फ्लेभियस जोसेफस सबैभन्दा प्रसिद्ध इतिहासकार हुन्। तिनले आफ्नो प्राचिनकलको पुस्तक मा याकूबको उल्लेख गरेका छन्, जो येशू भनिने ख्रीष्टका भाइ थिए। त्यहाँ एउटा विवादास्पद पद (१८:३) छ जसले भन्दछ, “अब त्यस समयमा एकजना ज्ञानी मानिस, येशू थिए, यदि उहाँलाई एकजना मानिस भनिए उचित हुनेछ। किनभने तिनी एकजना त्यस्ता मानिस थिए, जसले आश्चर्यमय कामहरु गरेका थिए.... [उहाँ] ख्रीष्ट हुनुहुन्थ्यो..... उहाँ तेस्रो दिनमा तिनीहरुकहाँ फेरि पनि जीवित देखापर्नु भयो, जसरी स्वर्गीय अगमवक्ताहरुले यी कुराहरु र उहाँसँग सम्बन्धित दस हजार अरु अचम्मका कुराहरुको अगमबाणी गरेका थिए।” एउटा संस्करणमा यस्तो छ, “त्यस समयमा त्यहाँ येशू नाउँको एकजना ज्ञानी मानिस थिए। तिनको आचरण असल थियो र तिनलाई सदाचारी भनेर चिनिन्थ्यो। र यहूदीजातिहरु माझबाट र अरु जातिहरुबाट धेरै मानिसहरु तिनको चेला बने। पिलातसले तिनलाई क्रूसमा टाँग्न र मर्नलाई त्यागिदिए। तर तिनका चेला भएकाहरुले तिनको चेलापनलाई त्यागेनन्। तिनीहरुले बताए कि उहाँको क्रूसीकरणपछि तेस्रो दिनमा उहाँ तिनीहरुकहाँ देखा परेका थिए, र उहाँ जीवितै थिए; सोही अनुरुप अगमवक्ताहरुले जसको आश्चर्यमय कुराहरुलाई वर्णन गरेको सम्बन्धमा तिनी शायद मसीह थिए।“ क्रूसीकरण पछिको अन्धाकारको एउटा छलफलमा जुलियस अफ्रिकानसले इतिहासका र थालस लाई उद्धधृत गरेका छन् (एक्सटेन्ट राईटिन्गस्, १८)।

जवान पल्नीले, आफ्नो पत्र अर्थात् लैटर्स १०:९६ ले येशूलाई परमेश्वरको रुपमा ख्रीष्टियनहरुले गरेका आराधनाको वास्तविकताको साथमा शुरुवाती ख्रीष्टियन प्रचलनलाई अभिलेख गरेका थिए जुनचाहिँ एकदमै नीतिगत थिए, र तिनले प्रेमभोज र प्रभुभोजको सन्दर्भलाई समावेश गरेका छन्।

बेबिलोन तलमूद (सन्हेदरीन ४३अ) ले निस्तार चाडको अघिल्लो बेलुकी येशूको क्रूसीकरण र टुनामुना गर्ने र यहूदी मत विरोधीलाई उत्साहित गर्ने भनी ख्रीष्टको विरुद्धमा गरिएको दोषारोपनलाई पुष्टि गर्दछ।

समोसाटा का लूसीयन एकजना दोस्रो शताब्दीका ग्रीक लेखक थिए जसले येशूलाई ख्रीष्टियनहरुले आराधना गर्दथ्यो, जसले नयाँ शिक्षाहरुको शुरु गरे र तिनीहरुका लागि क्रूसमा टाँगियो भनेर मानिलिदछन्। तिनले भने कि येशूको शिक्षाहरुमा विश्वासीहरुको भ्रातृत्व प्रेम, परिवर्तनको महत्व, र अरु देवहरुलाई गरिएको इन्कारको महत्व समावेश थियो। ख्रीष्टियनहरु येशूको व्यवस्था अनुसार जिउँदथे, आफैलाई अमर भनी विश्वास गर्दथे, र मृत्युको लागि अपहेलना, स्वैच्छिक स्व-भक्ति, र भौतिक कुराहरुको त्यागको लागि जानिद्थे।

मारा बार-सिरपीओन ले पुष्टि गरेका छन् कि येशूलाई एकजना ज्ञानी र सदाचारी मानिसको रुपमा सोचिन्थ्यो, जसलाई धेरैद्वारा इस्राएलको राजा भनी मानिलिइन्थ्यो, यहूदीहरुद्वारा मारियो, र आफ्ना चेलाहरुको शिक्षाहरुमा जीवित रहेका छन्।

त्यसपछि हामीसँग सबै आस्तिक ज्ञानवादी लेखहरु (द गॉस्पल ऑफ ट्रूथ, दि एपोक्रेफोन ऑफ जॉन, द गॉस्पल ऑफ थोमस, द ट्रीटीस ऑन रेज़रेक्शन, इत्यादि), छन्, जसले येशूकै उल्लेख गर्दछन्।

वास्तवमा, हामीले येशूलाई ख्रीष्ट भनिन्थ्यो (जोसीफुस), “आश्चर्यकर्महरु” गर्नुभयो, इस्राएलीहरुलाई नयाँ शिक्षा दिनुभयो, अनि यहूदिया (टेसिटस) मा तिनीहरुका लागि निस्तार चाडमा झूण्डयाइयो (बेबिलोन तलमूद), तर ईश्वरको रुपमा दावी गरियो र उहाँ फेरि फर्कनेथियो (एलीएजार), जुन चाहिँ तिनका चेलाहरुले तिनलाई ईश्वरको रुपमा आराधना गर्दै विश्वास गर्दथे (जवान पल्नी) जस्ता शुरुवाती गैर–ईसाई स्रोतहरुबाट हामीले सुसमचारलाई प्रायः पुनःनिर्माण गर्न सक्दछौँ।

संसारिक र बाइबलीय इतिहास, दुबैमा येशू ख्रीष्टको अस्तित्वको लागि त्यहाँ उदेकलाग्दो प्रमाण छ। शायद येशूको अस्तित्वको सबैभन्दा ठूलो प्रमाणचाहिँ हो बाह्र चेलाहरुका साथसाथै पहिलो शताब्दीका हजारौं ख्रीष्टियनहरुले भौतिकरुपमै येशू ख्रीष्टका लागि शहिदको रुपमा स्वेच्छाले आफ्ना प्राण दिएका थिए भन्ने सत्यता हो। मानिसहरु आफूहरुले साँचो हो भनी विश्वास गरेका कुराको लागि मर्नेछन्, तर झूटो हो भनेर तिनीहरुले जानेका कुरामा कोही पनि मर्नेछै।



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश



के येशू वास्तवमै अस्तित्वमा हुनुहुन्थ्यो? के येशू ख्रीष्टको कुनै एतिहासिक अस्तित्व छ?